मोटरसाइकलको ठक्करबाट डोटीमा बालक मृत्यु

label सुदूरखबर संवाददाता query_builder September, 24 2018

डोटी, असोज ८ । डोटीको शिखर नगरपालिका–१० मा मोटरसाइकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिखर नगरपालिका चक्रबहादुर बलायरका ७ वर्षीया छोरा बिपिन बलायर रहेका छन् ।

केआईसिंह गाउँपालिका–४ वायलका २६ वर्षीय लक्ष्मणप्रसाद पाण्डेले चलाएको से१प ३२४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका बिपिनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका बलायरको स्थानीय शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो । मोटरसाइकल र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्