बाजुराको रतुडीमाणुमा भव्य मेला (फोटो फिचर)

label सुदूरखबर संवाददाता query_builder September, 24 2018

मदन विक/सुदूरखबर।
बाजुरा, असोज ८ । भाद्रशुक्ल चर्तुदसीमा लाग्ने कैलाश देवताको पूजापाठ आइतबार सकिएको छ । एकादसीदेखि चर्तुदसीसम्म करिव १४ दिनसम्म निरन्तर जागारामा बसेर पूजा अर्चना गरि कैलाश देवाताको पूजा गर्ने गरिन्छ ।

बाजुरको बडीमालिका नगरपालिका–८ स्थित रतुडीमाणु कैलाश मन्दिरमा परम्परागत रुपमा भव्य मेला लाग्ने गर्दछ । मेलामा स्थानीय दर्जनौँ बढी धामी झाँक्रीहरुले आफ्नो दैविक सक्ति देखाउने गर्दछन् । जमार सहित हजारौँ स्थानी बासीहरुले आफ्नो मनोकांक्षा पूरा गर्नका लागि भेला भएर भागल गर्ने, कुल शान्ती, ग्रहपूजा गर्ने गर्दछन् ।

यसका सथै आफूलाई कसैबाट अन्याया भएको महशुस गरि मन्दिरमा उजुरी हालेकाहरुको मुद्धाहरुको पनि छिनोफानो समेत कैलाश देवातले गर्ने र सत्यलाई न्याया दिने विस्वासका साथ मुद्धाहरुको फैसाला समेत हुने गर्दछ ।

यस वर्ष यस मन्दिरमा पुस्तौँदेखि चल्दै आएका १ सयभन्दा बढी मुद्धाको फैसला भएको स्थानीय बताउँछन् । कैलाश देवताले निमुखालाई न्याय दिने, निशन्तानीलाई सन्तान दिने, कुल शान्ती दिने स्थानीयको जनविस्वास रहेको छ ।

जिल्ला सदरमुकाम मार्तडीबासीको परम्परागत रुपमा प्रत्येक वर्ष भाद्र पूर्णिमाको रतुडीमाणुमा मेला लाग्ने गर्दछ । यस वर्ष लागेको मेलामा हजारौको संख्यामा मेलामा पुजा तथा अबलोकन गर्न श्रद्धालु भक्तजनहरु आएका थिए ।

मेलामा परम्परागत रुपमा कैलाश देवता, भेराल देवता, धुल्पुरा देवताका धामी झाँक्रीहरुमा देवता प्रकट भई नाचेका थिए । मेलामा बाजुरा जिल्लाका स्थानीयहरु साथै छिमेकी जिल्ला अछाम, बझाङलगायतका मानिसहरु देवता पुज्न तथा मेला हेर्न आएका थिए ।

मेलाको अवसरमा माणुस्थल वरिपरि होटल तथा पसलहरु समेत राखिएका थिए । भाद्र शुल्क चर्तुदसीको दिनमा मन्दिरमा मेला लागेर दिनमा पुजा पाठ सकिए लगतै स्थानीयहरुले रातभरी देउडा लगाएर मेलाको रौनकता बढाएका छन् ।

मेलामा मन्दिरमा देवताको पूजापाठ गरी बोकाको बलि दिएमा देवता खुसी हुने र आ–आफ्नो मनोकांक्षा पूरा हुने धार्मीक विश्वास रहदै आएको छ । मेला शान्त वातावरणमा सम्पन्न भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्