मायामा देखाएको बलीदान: सँगै मर्ने सँगै जीवन कसम लाई पूर्णता, श्रीमानको मृत्युको २ घण्टा पछी श्रीमतीको पनि मृत्यु

label सुदूर खबर संवाददाता query_builder September, 24 2018

श्रीमान र श्रीमतीले संगै जीउने संगै मर्ने कसम खाएका हुन्छन् । जीवनभर संगसंगै भएका श्रीमान र श्रीमतीको एकै पटकमा मृत्यु भएको घटना बिरलै सुन्न पाइन्छ । धर्म र असल कर्म गर्नेहरुलाई यस्तो संयोग जुर्छ भन्ने भनाई पनि समाजमा व्याप्त छ ।

पर्वतको बाजुङ्गमा भने यस्तै संयोग जुरेको छ । श्रीमानको मृत्यु भएको दुई घण्टापछि श्रीमतीको पनि मृत्यु भएको छ । पर्वतको बाजुङ्ग गाउँ बिकास समिति वडा नं ९ का ९१ बर्षीय बृद्ध रुद्रबहादुर बिक र उहाँकी ८१ बर्षीय श्रीमती छलिदेबी बिकको दुई घण्टाको फरकमा कालगतीले नै मृत्यु भएको हो । श्रीमान रुद्रबहादुरको मंगलबार बिहान १०.३० बजेको समयमा मृत्यु भएको हो भने श्रीमती छलिदेबीको मृत्यु मध्यान्ह १२.३० मा भएको हो ।

दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि बुधबार मोदीबेणीघाटमा एउटै चित्तामा दुई जनाको दाहसंस्कार गरिएको स्थानीयबासी भक्त कुवँरले जानकारी दिनुभयो । दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि एउटै चित्तामा दाहसंस्कार गरिएको र कालगतिले एकै पटक मरण हुने दम्पती बिरलै भेटिने गरेका पनि कुँवरले बताउनुभयो । मृतक दम्पत्तिका छोराहरु वाहिर रहेकोले भेला हुन समय लागेकोले बुधबार मात्र दाहसंस्कार गरिएको हो ।
मृतक रुद्रबहादुर बिक २०४४ सालमा जनपक्षीय वडा अध्यक्षको रुपमा बिजयी पनि हुनु भएको थियो । उहाँ केही दिन देखि हल्का ज्वरोको बिरामी हुनुुहुन्थ्यो । श्रीमानलाई ज्वरो आएपछि श्रीमती छलि समेत श्रीमान संगै संगै मर्ने हो भन्दै चार दिन देखि खाना नखाई बस्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्