निर्मलाका हत्यारालाई कानुनी कठघेरामा ल्याएर छाड्ने : नेता रावल

label सुदूरखबर संवाददाता query_builder September, 24 2018

कञ्चनपुर, असोज ८ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का प्रदेश इन्चार्ज भीम रावलले भीमदत्त नगरपालिका वडा नं. २ उल्टाखामकी निर्मला पन्तका हत्यारालाई कानुनी कठघेरामा ल्याएर छाड्ने बताएका छन् ।

बदेकाट नगरपालिका–६ सिसैयामा आयोजना गरिएको नगर स्तरीय अगुवा कार्यकर्ता भेलामा इन्चार्ज रावलले पन्तका हत्यारा जोगाउने मनसाय कुनै पनि हालतमा पूरा नहुने जनाए ।

‘बालिका निर्मला पन्तको अत्यन्त दुःखद घट्ना छ, त्यसलाई लिएर थरी प्रचार गरिएका छन्,’ भेलाका प्रमुख अतिथि रावलले भने,‘यदि कसैले हत्यारा फुत्केर पत्ता लाग्दैन भन्छ भने त्यो पूरा हुन सक्दैन ।’

नेकपाका साँसद समेत रहेका रावलले पन्तका हत्यारा जतिसकुै शक्तिशाली भए पनि कानुनी दायरामा ल्याएर छाडिने बताए । ‘कतिले अपराधी पत्ता लाग्दैन भनेर प्रचार गरिरहेका छन्,’ उनले भने,‘अपराधी जतिसुकै शक्तिशाली भए पनि पत्ता लागेर छाड्छ ।’

बालिका पन्तको बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा विपक्षीले नेकपा र सरकारलाई बदनाम हुने गरी दुष्प्रचार गरिएकोमा दुःख व्यक्त गरे ।

‘घट्ना वडा नं. २ मा घटेको छ, यसको असर कस्तो छ, त्यो केही छैन, अनि यसलाई लिएर वेदकोटमा किन आन्दोलन गर्नु पर्ने ?’ उनले भने । भेलामा नेकपा स्थायी कमिटी सदस्य एवम् साँसद लेखराज भट्टले दुई पार्टीको एकता ढिलाईको फाइदा विपक्षीले लिन खोजेको उल्लेख गर्दैै त्यस्तो लक्ष्य पूरा हुनै नदिने बताए ।

‘पार्टी एकीकरण भयो, तलसम्म कमिटी बन्न सकेन, त्यसबाट केही फाइदा लिउ भन्ने जस्तो देखियो’ उनले भने,‘अब त्यस्तो छैन, पार्टी एकताका साथ अघि बढ्छ, त्यसमा सबै नेता कार्यकर्ता एक भएर लाग्नु पर्छ ।’

नेता भट्टले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कुनै हालतमा कारवाही गरी कानुनी दायरामा ल्याउन सरकार लागि परेको बताए । नेकपाका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले प्रतिपक्षी काँग्रेस सानातिना विषय बोकेर सरकारलाई कमजोर पार्न सकिने मनसाय बोकेर आन्दोलनमा उत्रिएको बताए ।

‘अहिले काँग्रेस सानातिना कुरा देखाएर ठूलो उद्देश्य प्राप्त गर्ने खेलमा लागेको छ’ उनले भने,‘त्यसले पार्टी र सरकार कसैलाई फाइदा गर्दैन ।’ निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घट्ना अमानवीय भएको उल्लेख गर्दैै उनले हत्यारालाई कानुनी कारवाहीको दायरामा ल्याउन पार्टी र सरकार दुबै सक्रिय रुपमा लागेको बताए ।

उनले पन्तका हत्या सम्बन्धी सूचना भए नेता कार्यकर्ताले पार्टीलाई उपलब्ध गराउन आव्हान समेत गरे । पार्टी एकीकरणपछि पार्टीभित्र कुनै पनि समस्या नभएको उल्लेख गर्दै तत्कालिन दुबै पार्टीका गुटह? समाप्त भएकाले कुनै गुटको राजनीतिक चलाउन आवश्यक नभएकोमा जोड दिए ।

भेलामा नेकपाका नेता पूर्व मन्त्री उर्वादत्त पन्तले पार्टी र सरकार वि?द्ध गरिएका दुष्प्रचारलाई स्थानीय तहबाट खबरदारी गरी रोक्नु पर्नेमा जोड दिए । कम्युनिष्ट पार्टी सामाजिक न्याय, हत्या, हिंसा विरुद्ध लड्दै आएको उल्लेख गदैै उनले समाजवादी व्यवस्थासम्म पुग्ने लक्ष्य लिएर हिँडेको बताए ।

‘अहिले पार्टी एकीकरण भयो, कम्युनिष्ट पार्टीको सरकार बन्यो, धेरै सफलता पाएका छौ, अझै यो भन्दा बढी सफलता पाउन छ’ उनले भने,‘समाजवादी व्यवस्था ल्याउने गरी आएका छौ, यो सफलतामा पनि हात पार्छौ ।’ स्थानीय स्तरमा अगुवा कार्यकर्ता सहितका सबै टोल र गाउँहरुमा भेला आयोजना गर्नु नेता पन्तले सुझाव दिएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्