एक शिक्षिकाको भरमा सञ्चालन हुँदै कक्षा ३ सम्मको विद्यालय

label सुदूरखबर संवाददाता query_builder September, 25 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, असोज ९ । बैतडीको डिलाशैनीमा गाउँपालिका–३ मा रहेको शेला प्राथमिक बिद्यालय सेली एक शिक्षिकाको भरमा सञ्चालन हुँदै आएको छ ।

विस २०६४ सालमा घुम्ती विद्यालयका रुपमा सञ्चालन आएको उक्त विद्यालयको आर्थिक अवस्था पनि निकै जानुक रहेको छ । विद्यालयको आर्थिक अवस्था कमजोर हुँदा शिक्षकको व्यवस्था गर्न सकिएको छैन् ।

हाल उक्त विद्यालय एक शिक्षिकाको भरमा सञ्चालनमा रहेको छ । यो पनि शिक्षक नभएकै कारण बन्द हुने अवस्थामा पुगेको छ । विस २०६४ सालमा घुम्ती विद्यालयका रुपमा संचालन भएको शेला प्राथमिक बिद्यालय सेलीले वि स २०६७ सालमा १ कक्षादेखि ३ कक्षासम्मको अनुमती पाएको थियो ।

डिलाशैनी गाउँपालिका ३ नंः वडा सेलीमा रहेको प्राथमिक बिद्यालयमा अहिले ३५ जना बिद्यार्थी अध्ययनरत छन । १ कक्षादेखि ३ कक्षासम्म पढाउने शिशु कक्षाकी एक मात्रै शिक्षिका छिन । उनी हुन् बिस्मती पन्त ।

स्थानीयले चन्दा उठाएर निजि स्रोतबाट शिक्षक राख्दा पनि तलब कम भएकाले कोही पनि शिक्षक पढाउन मान्दैनन । विद्यालयसंग आर्थिक स्रोत नभएकाले बढी तलब दिइ शिक्षक राख्न नसकिएको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ । बिद्यालयमा पढाउने शिक्षक नभएकाले बालबालिकाहरु खेल्नकै लागी मात्र बिद्यालय जाने गरेका छन् ।

एक बर्ष अगाडी जिल्ला शिक्षा कार्यालयले दिएको अनुदानको रकमले ७/८ महिनाका लागी एक जना शिक्षक भर्ना गरेको र तलब कम भएपछि शिक्षकले छोडेर गएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बोहराले बताए । उनले भने–‘गत वर्ष शिक्षा कार्यालय बैतडीको अनुदान रकम र अभिभावकहरुबाट चन्दा उठाएर जसोतसो तलब खुवायौ, यसपालि कतैबाट बजेट नभएपछि शिक्षक भर्ना गर्ने हिम्मत नै भएन ।’

‘जीर्ण अवस्थामा रहेको विद्यालय भवन त्यसैमा बर्षाले गर्दा गत साउनमा विद्यालयको खेलमैदान भत्कीदा भवन समेत जोखिममा रहेको छ । गाँउपालिकामा उक्त भत्केको खेलमैदाने पर्खाल पुनः निर्माणका लागी निवेदन दिएका छौँ, बजेटको ब्यवस्था गर्छौ भनेका छन तर अहिले सम्म कुनै खबर आएको छैन ।’ उनले थपे, गाउँपालिकाबाट विद्यालयका लागी बजेट छुट्याउन माग पनि गरेका थियौ तर गाउंपालिकाले बजेट दिएन, निजि स्रोतबाट शिक्षक राख्न सकिने अवस्था छैन ।’

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको भविश्य शिक्षक नभएकै कारणले अन्धकारतिर धकेलिरहेको छ । सडकबाट ४ किलेमिटरको दुरीमा रहेको उक्त गाँउमा ३० देखि ३५ घरधुरीको बसोवास रहेको छ । वि स २०६४ साल पहिले गाउँमा स्कुल थिएन स्कुल पढ्न ४ किलोमिटर ओरालो हिँडेर बगडी भन्ने ठाउँ जाने गरेका थिए ।

विद्यालय जाने उमेरका बालबालिका गाउँमै खेलेर बस्थे १०÷११ बर्षको उमेर भएपछी १ कक्षमा भर्ना हुन बगडी जान्थे । गाउँमै स्कुल भएपछि आफ्ना बालबालिकाहरुलाइ समयमै स्कुल पढाउन पाउने भनि स्थानिय निकै खुसि भएका थिए ।

तर सिहदरबार गाउँमा आएपछि स्कुलले जिल्ला शिक्षाबाट पाउने रकम पनि आएन । स्थानिय तह स्थापना भएपछी गाउँपालिका भित्रका बिद्यालयहरु स्थानीयतहको जिम्मा लगाइएका छन । तर स्थानिय सरकारले बिद्यालयलाइ बजेट नै नदिएपछी बिद्यालय बन्द हुने अवस्थामा पुगेको स्थानीय पदमबहादुर बोहराले बताए ।

विद्यालयको अवस्था निकै दयनीय रहेको छ र गाउपालिकाले १ वर्षसम्म बजेट नहाल्दा बिद्यालय बन्द हुने अवस्थामा छ । उनले भने–‘सरकारले बिद्यालयको बारेमा चासो नदिने हो भने साना नानी बाबुहरुको भबिष्य नै अन्धकार हुने भएको छ ।’

विद्यालयमा गएको पहिरो सम्बन्धि मुजुल्का बनेर गाउपालिकामा पुगिसकेको र दैवि प्रकोप उद्दार कोषबाट प्राविधिकको टोलीले अनुगमन गरी तयार गरेको प्रतिवेदनका आधारमा रकम छुट्याउने र शिक्षक ब्यवस्थापनका लागि नयाँ शिक्षा नियमावली बनिसकेको र गाँउपालिकाल आवश्यक्ताअनुसार शिक्षक व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । उनले भने–‘शिक्षक सेवा आयोगले पुर्ती गरेर बाँकी रहेका दरबन्दीहरुमा गाँउपालिकाले शिक्षक ब्यबस्थापन गर्ने छ ।’

सेला प्रावि सेलीमा १ कक्षामा ६ जना २ कक्षमा ७ जना, ३ कक्षमा १० जना र शिशु कक्षमा १२ जाना गरी जम्मा ३५ जनासम्म बिद्यार्थी रहेका छन् । ४ घण्टा शिशु कक्षा हेरेर बाँकी दुइ पिरियड मात्रै पढाउन मिल्ने भएपनि आफुले भ्याइ नभ्याइ सबै कक्षाकोठामा पढाउने गरेको शिशु कक्षाकी शिक्षिका बिस्मती पन्तले बताइन् । १ कक्षादेखि ३ कक्षा सम्म पढाउने एक जना मात्रै भएपनि आफूलाई सहज हुने र सरकारले शिक्षकको ब्यवस्था नगर्दा आफूलाई समेत पढाउन असहज भइरहेको उनले बताइन् ।

तपाईंको प्रतिक्रिया दिनुस्