सरस्वतीका दुवै मृगौला फेल : भन्छिन्– म बाच्न चाहन्छु

label सुदूरखबर संवाददाता query_builder September, 27 2018

काठमाडौँ, असोज ११ । म बाँच्न चाहन्छु । दुवै मृगौला फेल भएर पीडित बनेकी सरस्वती क्षेत्रीले भावुक हुँदै भनिन्, मलाई बचाइदिनुस् !

काठमाडौँस्थित ढुंगेधारा बस्दै आएकी सरस्वती क्षेत्रीको करिव दुईवर्ष अघि दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाचिरहेकी छिन् । ३५ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीबन मरणको दोसादमा रहेकी उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

भारतको दिल्लीमा उपचारको क्रममा पैसा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाइरहेको छ । नयाँ जीवनको आशामा बाचिरहेकि पिडित सरस्वतीले सहयोगको लागी सबै सामु अपिल गरेकी छन् ।

निरन्तर उपचार तथा प्रत्येक हप्तामा डायलासिसमा लाग्ने खर्चको जोहो गर्न कठीन भएकाले उनले सहयोगको अपिल गरेकी हुन् । अहिले राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा उनको उपचार भइरहेको छ । उनी हप्ताको दुई दिन सोमबार र बिहिबार डायलासिसका लागि राष्ट्रिय मृगौला उपचार केन्द्र धाउने गरेकी छन् ।

उनलाई बचाउन ४० देखि ५० लाखसम्म लाग्ने चिकित्सकहरुले बताउँदै आएका छन् । तर अस्पताल प्रशासनले भने जती रकम जुटाउन नसक्दा उनी अहिले मुस्किलमा छिन् । उपचारमा संम्लग्न डाक्टरले दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएको तर आर्थिक अवस्था कमजोर हुँदा उपचारमा नै समस्या भएको पीडित सरस्वतीले बताइन् ।

अस्पतालले उनको मृगौला काम नलाग्ने गरी बिग्रिएकाले उपचार धेरै खर्चिलो हुने सिफारिस गरेको छ । यता आफ्नै आँखा अगाडी छोरी छट्पटाएको देख्दा उनकी आमा विष्णु क्षेत्रीलाई निकै पीडा हुने गर्छ । तरपनि सहनु विकल्प छैन उनीसंग ।

सरस्वती कि आमा आफैपनि मधुमेह, प्रेसर रोगले पीडित छिन् । उनको उपचारमा पनि मासिक दश हजार जस्तो खर्च हुँदै आएको छोरी सरस्तवीले बताइन् । उपचारका लागि ऋण लिएको पैसा समेत सकिएपछि आर्थिक अभावकै कारण छोरी बचाउन नसकिने होकि भन्ने चिन्ताले यतिबेला परिवारलाई झस्काइ रहेको छ । तर कुनै व्यक्ति वा संघसंस्थाबाट सहयोग पाए सरस्वतीको उपचारमा मदत पुग्ने देखिन्छ । जसले सरस्वतीको रहरले बाच्न पाउने सपना पूरा गर्न सक्छ ।

सरस्वतीलाई सहयोग गर्न चाहनुहुनेले मोबाइल नम्बर ९८४८७४३३११ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्