जनकले बजारमा ल्याए ‘ठेगाना भेटियो’ [भिडियो]

label सुदूरखबर संवाददाता query_builder September, 28 2018

डडेल्धुरा, असोज १२ । पत्रकारीतासँगै गायनमा लागेका गायक जनक ताम्राकारले ‘ठेगाना भेटियो’ बोलको गीत बजारमा ल्याएका छन् । उक्त गीतमा जनकसंगै सुजाता वर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेतीलगायतको स्वर रहेको छ।

नेपाली संगीत क्षेत्रमा निकै नै फरक यस गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन् भने अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका हुन् ।

केही माया पुरानै थियो निरमाया, केहि नौलो भेटियो बरी निरमाया।
डुली हिँड्ने मनलाई मेरो निरमाया, ठेगाना भेटियो बरी निरमाया।
डुली हिँड्ने मनलाई मेरो ठेगाना भेटियो ए ठेगाना भेटियो बरी निरमाया।

असल शब्द, उत्कृष्ठ संगीत संयोजन र उत्कृष्ठ आवाजहरु एक साथ आउनुले सुनमा सुगन्ध थपिएको गायक जनक बताउँछन् । यो गीतले सबैको मन जित्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ । ‘ठेगाना भेटियो’ जनकको चौथो गीत हो ।

यसअघि उनले ‘जुनकिरी’ ‘काफल खान्या कुइयाँ’ र ‘लौलौ सररर’ बजारमा ल्याइसकेका छन् । ति गीतहरु पछिल्लो समय चर्चामा रहेका गीतहरु हुन् ।

भिडियो यहाँ हेर्नुस् :

तपाईंको प्रतिक्रिया दिनुस्