सूर्य विरही साउदको सन्देशमुलक गीत ‘रक्सी खल्क्यानी’ बजारमा

label सुदूरखबर संवाददाता query_builder September, 28 2018

डडेल्धुरा, असोज १२ । नेपाली देउडा गीत संगीतमा आफ्नो फरक पहिचान बनाउन सफल गायक हुन् सुर्य विरही साउद। दर्शक श्रोताका रोजाइमा परेका गायक साउद कर्णाली प्रदेश तथा सुदूरपश्चिममा भेगका चलनचल्तीका रितिरिवाज परम्परागत सस्कृतिलाई टपक टिपेर गीतमा ढाल्न माहिर छन् ।

गायक विरहीले दिनप्रतिदिन एकपछि अर्को फरक धारका डेउडा गीत बजारमा ल्याएका छन्। गायक बिरहीका हरेक गीतमा मौलिकता लुकेकै हुन्छ यस पटक भने बसिवियालो म्युजिक प्रा.लिको प्रस्तुतिमा डेउडा गीत ‘रक्सी खल्क्यानी’ सार्वजनिक भएको छ । विरहीले सन्देशमुलक गीत बाजारमा ल्याएका हुन् ।

रक्सीले गर्दा समाजमा पर्ने नकरात्मक असरको बारेमा गीतमा समेटिएको छ । रक्सीले गर्दा हत्याहिंसा, बलात्कार बढाइरहेको उल्लेख गर्दै गीत मार्फत नेपाल सकरकारलाई रक्सी बन्द गर्न पनि आग्रह गरिएको छ ।

सूर्य विरही साउद र रोशन चलाउने क्षेत्रीको उत्कृष्ट शब्द तथा सूर्य बिरही साउदको संगीतमा रहेको उक्त गीतमा सूर्य विरही साउद र रोशन चलाउने क्षेत्रीकै आवाज छ ।

भीम थापाको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोको छायांकन हरिष महराले गरेका हुन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको छन् । यस म्युजिक भिडियोमा गायक स्वयम् सुर्य विरही साउद र टेक ऐर, रोशन चलाउने क्षेत्रीलगायतको अभिनय रहेको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण वाशिबियालो म्युजिक प्रा.लिले गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्