गुट्का सुर्ती खाएर दात खराब भएका छन भने मात्र ५ मिनेटमा चमत्कार देखाउन सकिने

label सुदूर खबर संवाददाता query_builder October, 06 2018

पहेंलो दाँत स्वास्थको हिसाबले मात्र नभई मानिसको व्यक्तित्वमा पनि यसले धेरै असर पार्छ। यदि कुनै व्यक्ति देख्दा आकर्षक र सुन्दर शारीरिक बनावटको छ तर उसको दाँत बेसार जस्तै पहेंलो छ भने मानिसहरुको हेर्ने दृष्टिकोण नै फरक हुन्छ।

दाँत पहेंलो हुनुका कयौं कारणहरु छन् जसमध्ये कसैको स्वास्थ्यको खराबीले यस्तो समस्या आउँछ । तर प्राय: मानिसको आफ्नै लापरबाहीले यस्ता समस्या आउँछन् । जस्तो की अचेल युवा देखि बुढासम्मकाले चुरोट, पान, पराग, खैनी जस्ता सुर्तीजन्य पदार्थ खान्छन् जसको कारण दाँत पहेंलो वा रातै हुने र दाँत सम्बन्धी विभिन्न समस्याहरु देखा पर्छन्। यतिमात्र नभई सास गन्हाएर तपाइँको सामु कोहि मान्छे पर्न चाहँदैनन्।

त्यसकारण आज हामी पहेंलो बेसार जस्तो दाँतलाई मोती जस्तो चम्किलो बनाउने र सास गन्हाउने समस्याबाट छुटकारा पाउने गोप्य घरेलु विधि बताउन गइरहेका छौँ।

चाहिने सामग्री: कोल्गेट (मन्चन), बेकीङ सोडा, नुन, फिटकिरी, कागती, कफी पाउडर

बनाउने विधि: एउटा सफा कचौरामा थोरै मन्चन (एकपटक ब्रस गर्दा प्रयोग गर्ने जत्ति), सानो चम्चाको आधा भन्दा कम बेकीङ सोडा, एक चिम्टी नुन, एक चिम्टी फिटकिरी, आधा टुक्रा कागतीको रस र थोरै कफीको पाउडर राखेर एउटा ब्रस (दाँत माझ्ने) को सहायताले मिसाउने। अब यो पेस्ट राखेर विस्तारै विस्तारै दाँत माझ्ने । करिब दुई मिनेट सम्म ब्रस गर्नुहोस् । दुई मिनेटपछी पानीले मुख पखाल्ने।

यो विधिलाई १५ दिनमा दुई पटक जत्ति प्रयोग गर्नुहोस् । जसले पहेंलो दाँतलाई हिउँ जस्तै चम्काउन र सास फ्रेस बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

तपाईंको प्रतिक्रिया दिनुस्