भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालकाे लगातार चाैथाे जित

label सुदूर खबर संवाददाता query_builder October, 09 2018

आइसिसी विश्व टी–२० छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जीत हासिल गरेको छ । भुटानविरुद्ध नेपालले नेपालले ११७ रनको जीत निकालेको हो ।भुटानलाई जितका लागि १ सय ५१ रनको लक्ष्य दिएकोमा भुटान ३३ रनमा अलआउट भएको छहो । । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भुटान १६।४ ओभरमा ३३ रन बनाउँदै अलआउट भएको छ ।यो सँगै नेपाल भुटानविरुद्धको खेलमा नेपालले १ सय १८ रनको जित हात पारेको छ ।

१६ ओभर चार बल खेल्दै भुटान ३३ रन जोडेर अलआउट भएको हो । नेपालका ललित राजवंशीले भुटानको ३ विकेट लिएका हुन् । त्यस्तै सन्दिप लामिछानले ३ विकेट लिएका छन् भने बसन्त रेग्मी २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पार्दा शरद भेषवाकरले १ विकेट लिएका छन् ।युकेएम वाईएसडी ओभलमा भुटानले टस फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउन सक्यो । तुलनात्मक कमजोर टिम भुटानविरुद्ध नेपाललाई जित निकाल्न गार्हो पर्ने छैन । अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ । जारी प्रतियोगितामा भुटानको प्रदर्शन उच्च देखिएको छैन ।

तपाईंको प्रतिक्रिया दिनुस्