ट्याक्टरले किचेर अछाममा सहचालकको मृत्यु

label सुदूरखबर संवाददाता query_builder October, 10 2018

अछाम, असोज २४ । अछामको तुर्माखाद गाउँपालिकामा ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । मंगलबार राति गाउँपालिकाको वडा न ७ को कालीखोेलामा गुडीरहेको ट्यक्टरबाट खसेर तुर्माखाद गाउँपालिका–४ निवासी सहचालक १८ वर्षीय जगत बयकको मृत्यु भएको हो ।

गुडीरहेको ट्याक्टरबाट खसेका बयकको गाडीको डायरमा किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको अछामका प्रहरी प्रमुख जनक बहादुर शाहीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्