चिनबाट आयो दशैं तिहारमा खुसीको खबर: अब केरुङ नाका जान एकदिने पास पाईदै

label सुदूर खबर संवाददाता query_builder October, 11 2018

रसुवा । चीनको केरुङ जानका लागि रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा (वान डे पास) पाउने भएका छन्।रसुवाबासीलाई चीन सरकारले एक वर्षको पास उपलब्ध गराउँदै आएको छ। बाहिरी जिल्लाका नागरिकले एक दिने पास नपाउँदा व्यापारिक कारोबारमा समस्या भोग्दै आएका छन्।

बुधबार चीनको केरुङमा भएको सीमा सुरक्षा बैठकमा चिनियाँ अधिकारीले एक दिने पासका लागि ट्रान्सपोर्टेसन एग्रिमेन्टको प्रक्रिया सुरु भएको जानकारी दिएका हुन्। यसले व्यापारमा सहजीकरण हुने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।

‘लामो समयदेखि वान डे पासको विषयमा कुरा उठ्दै आएको छ, उनले भने, यस पटकको बैठकमा प्रक्रिया सुरु भएको जानकारी आएको छ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्