ओली सरकारको रबैयाले सुस्तावासीको सपना सपनामै सिमित, रुदै गाउँ फर्किए जनता

label सुदूर खबर संवाददाता query_builder October, 11 2018

काठमाडौं सीमामा दैनिक भोग्नुपरेका सास्तीका बारेमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउन राजधानी आएका नवलपरासी सुस्ताका बासिन्दा निराश भएर फर्किएका छन् ।

सीमामा भारतीय पक्षबाट भइरहेका ज्यादतीबारे सरकार प्रमुखलाई प्रत्यक्ष भेटेर पीडा पोख्न चन्दा उठाएरै आएका उनीहरुले प्रधानमन्त्री ओलीको समयसम्म पाएनन् । पटकपटक प्रधानमन्त्रीलाई भेट्न खोज्दासमेत समय नदिएपछि सोमबार फर्किएको सुस्ताबासीले गुनासो गरे । २४ जनाको टोली गत असोज ९ गते राति राजधानी आएको थियो । सुस्ताबाट आई राजधानीमा बसोबास गर्दै आएकाहरुले उनीहरुलाई साथ दिएका थिए ।
सुस्ता बचाउ अभियानका अध्यक्ष गोपालप्रसाद गुरुङले भने, ‘टोली आउँदा प्रधानमन्त्री अमेरिका हुनुहुन्थ्यो । उहाँ आएपछि भेटेर ज्ञापनपत्र बुझाउन बसेका थियौं, भेट्ने निकै प्रयास ग¥यौं । तर सकिएन ।’ उनका अनुसार सुस्ताका अधिकांश स्थानीय खेती भित्र्याउने समयमा सीमा समस्या समाधानको माग गर्न आएका थिए । लुगाफाटो, तरकारी र खानेकुरा आफैं लिएर आएका उनीहरु थापाथलीस्थित कालमोचन घाटमा आश्रय लिएर बसेका थिए ।

उनले भने, ‘चुनावको समयमा राष्ट्रियताका कुरा धेरै उठ्छ तर जितेर गएपछि राष्ट्रियता सबै हराउने रहेछ । सुस्ताका सम्बन्धमा पनि त्यही भयो । राष्ट्रियताका बारेमा चुनावमा खुब कुरा उठ्यो , अहिले कोही पनि बोल्दैनन् ।’ उनका अनुसार काठमाण्डु बसाइमा गाउँलेका ८० हजार खर्च भयो । ३८ हजार गाउँपालिकाले सहयोग गरेको थियो । बाँकी गाउँले आफैंले बेहोरेका हुन् । कान्तिपुर दैनिकबाट

तपाईंको प्रतिक्रिया दिनुस्