नेपाली लेग स्पिनर सन्दिप लामिछानेले यसरी १-२ बर्षमै ठुलै छलाङ मारे, नाम सँगै करोडौ दामपनि

label सुदूर खबर संवाददाता query_builder October, 11 2018

कुरा एक वर्ष अगाडिकाे मात्र हाे, जब एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) का लागि खेलाडीको वर्गीकरणको सूची सार्वजनिक भएकाे थियाे, तर युवा बलर सन्दीप लामिछाने प्रतियोगिताको ‘ए’ ग्रेडमा परेनन् । सन्दीप त्यतिबेला ‘बी’ ग्रेडमा परे । कारण थियाे उनकाे अनुभव । क्षमतामा अब्बल भएपनि उनलार्इ अनुभवकाे कमीले धाेका दियाे ।

सन् २०१५ को अप्रिलमा नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पिनयसिपबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका सन्दिप याे प्रतियाेगिता खेल्दा मात्र २ बर्षकाे अनुभव थियाे । जवकि ए ग्रेडमा पर्न ३ बर्ष खेलेकाे हुनुपर्ने थियाे ।

तर, यतिबेला सन्दिपकाे नाम ए ग्रेडमा पनि पहिलाे नम्वरमा पर्न थालेकाे मात्र छैन, पाेखरा प्रिमियर लिगमा विराटनगर टिमका मार्की खेलाडी छन् उनी । मार्की खेलाडीले प्रतियोगितामा कम्तीमा ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विराटनगरले उनलाई दुई साता चल्ने प्रतियोगिताका लागि कम्तिमा ५ लाख रुपैयाँ दिएको बताइएकाे छ ।

ईपीएल सम्पन्न भएको र अहिलेसम्मकाे १० महिनामा सन्दीपको यात्रा भने कुनै सपना देखे जस्ताे छ । जुन किसिमकाे चर्चा र सफलता उनले पाए, ब्यक्तिगत रूपमा मनग्य पनि अाम्दानी गरे । १८ वर्षमा दाैडिरहेका सन्दिप खेलेरै करोडपति भएका छन् । साेच्दा पनि अनाैठाे लाग्नसक्छ कतिपयलार्इ, तर सन्दिपका लागि याे कुनै अनाैठाे पक्ष हाेइन, किनकि उनकाे क्षमताले उनलार्इ कराेडपती बनाएकाे छ ।

नोभेम्बरमा युएईको शारजाँहमा हुने टी–१० लिगको सिजन–२ का लागि केरला किङ्गसले अनुबन्धन गरेपछि सन्दीपले विदेशमा खेल्दा पाउने पारिश्रमिक रकमले कराेड छाेएकाे छ । साे प्रतियाेगिताबाफत सन्दीपले ३० हजार डलर (३४ लाख ८० हजार रूपैंया) पारिश्रमिक प्राप्त गर्नेछन् । सन्दीपले प्राप्त गर्न लागेको यो दोस्रो ठूलो रकम हो । यसअघि उनले ग्लोबल टी–२० क्यानाडा लिग खेल्दा ४० हजार डलर (४६ लाख ४० हजार रूपैंया) बुझेका थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दीपले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा उभ्याएका थिए । त्यसमा उनले २० लाख भारू (३२ लाख रूपैंया) पारिश्रमिक पाएका थिए ।

क्यारेबियन प्रिमियर लिग सीपीएलमा वेस्ट इन्डिजका हस्ती क्रिस गेलसँगै खेलेका लामिछानेले त्यहाँ ५ हजार डलर (५ लाख ८० हजार रूपैंया) प्राप्त गरेका थिए । अहिलेसम्म सन्दीपले विदेशी फ्रेन्चाइज लिग खेल्दा पाएको कुल रकमले १ लाख डलर (१ करोड १६ लाख रूपैंया) नाघेको छ । युएईको शारजाँहमै अक्टोबर ५ देखि २१ सम्म अफगानिस्तान प्रिमियर लिग हुँदैछ । सन्दीपलाई नान्गहरले एसोसिएट खेलाडीका रूपमा लिएको छ । त्यसबापत उनले १५ हजार डलर (१७ लाख ४० हजार रूपैंया) बुझ्नेछन् ।

सन्दिपले जुन किसिमकाे कमाइ याे एक बर्षमा गरे त्याे अाश्चार्यमान्य कुरा भने हाेइन, तर, नेपाली खेलाडीले पनि अवसर पायाे भने नाममात्र हाेइन दाम पनि कमाउनछन् भन्रे प्रमाणित गरेका छन् ।

मलेसियामा पनि उनी एकै प्रतियाेगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्न मात्र २ विकेटले पछाडी छन । ५ खेलमा उनले २० विकेट लिएका छन । उनले सिंगापुर विरूद्द २ विकेट लिएमा बसन्त रेग्मी र विनाेद दाशकाे रेकर्ड ताेड्नेछन् । उनले एकै प्रतियाेगितामा २१ विकेटसम्म लिएका छन् ।
विदेशी लिगबाट सन्दीपको कमाइ

इन्डियन प्रिमियर लिग – २० हजार डलर (२३ लाख २० हजार रूपैंया)

ग्लोबल टी–२० क्यानाडा लिग – ४० हजार डलर (४६ लाख ४० हजार रूपैंया)

क्यारेबियन प्रिमियर लिग – ५ हजार डलर (५ लाख ८० हजार रूपैंया)

अफगानिस्तान प्रिमियर लिग – १५ हजार डलर (१७ लाख ४० हजार रूपैंया)

टी–१० लिग – ३० हजार डलर (३४ लाख ८० हजार रूपैंया)

तपाईंको प्रतिक्रिया दिनुस्