स्थानीयलाई उत्तिर्ण नगराएको भन्दै वडा कार्यालयमा तालाबन्दी

label सुदूरखबर संवाददाता query_builder October, 11 2018

कञ्चनपुर, असोज २५ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नं ५ को कार्यालयमा आज तालाबन्दी गरिएको छ । गाउँपालिकाको स्वाथ्य शाखा अन्र्तगत रहि कार्य गर्ने गरी करारमा अनमि र ल्याव असिस्टेण्ट पदका लागि लिईएको परिक्षामा स्थानीयलाई ग्राह्यता नदिएको भन्दै स्थानिय बासिन्दाले तालाबन्दी गरेका हुन् ।

नीति नियम मिचेर परिक्षा पद्धती विपरित बाह्य क्षेत्रका परिक्षार्थीलाई परिक्षामा उत्तिर्ण गरेको आरोप लगाउदै तालाबन्दी गरिएको छ । लिखित र मौखिक दुवै परिक्षा लिनु पर्नेमा मौखिक परिक्षा मात्र लिई नियुक्त गर्ने कार्य गरिएको छ ।

‘यो कार्य कदापी सैह्य छैन ।’ स्थानीय रामबहादुर रानाले भने, ‘स्थानिय परिक्षार्थीलाई उपेक्षा गरी बाह्य क्षेत्रका परिक्षार्थीलाई नियम विपरित नियुक्त गरिएको छ ।’

स्थानिय परिक्षार्थी मध्येका परिक्षामा योग्य ठहरिएका उम्मेदवार लाई नियुक्त गर्नु पर्ने माग हो । माग पुरा नहुदा सम्म तालाबन्दी जारि रहने उनले बताए । गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले निष्पक्ष तरिकाले परिक्षा गरिएको बताए ।

जुन सुकै क्षेत्रको परिक्षार्थीले परिक्षामा सहभागी हुन पाउछ उनले भने, ‘दक्ष र परिक्षामा सर्वाधिक अंक ल्याउने परिक्षार्थी परिक्षामा पास हुनु स्वभाविक हो । कार्य विधि अनुरुप परिक्षा सञ्चालन गरिएको छ । पद्धती र विधि अनुरुप परिक्षा सञ्चालन गरिएको छ ।’

परिक्षाको नतिजा प्रकासन गरी उत्तिर्ण उम्मेदवारले शाखामा हाजिरि समेत गरि सकेको अबस्थामा तालाबन्दी गर्ने कार्य ठिक नभएको उनले बताए ।

गाँउपालीकाको स्वास्थ्य शाखाले अनमि र ल्यावअसिस्टेण्ट पदको सेवा करार सम्बन्धि सुचनामै प्रारम्भीक र मौखिक परिक्षा लिने कुरा उल्लेख गरी परिक्षा लिइएको छ ।

प्रशासकिय अधिकृत संयोजक, दुई जना स्वास्थ्यकर्मी र एक जना विषयक विशेषज्ञ सहितको गाँउपालीकाले पदपूर्ति समिति गठन गरी परिक्षा सञ्चालन गरेको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्