अनुहार चम्किलो बनाउछ भनेर कागती दल्ने बानी छ भने आजै छोडी दिनुहोस हैन भने छालालाई झन् कुरूप बनाउछ!

label सुदूर खबर संवाददाता query_builder October, 11 2018

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ । यसकारण ब्यूटी एक्सपर्टस, केही चीजहरू छालामा प्रयोग नगर्न सल्लाह दिने गर्दछन्, जसमा यस्ता ६ किसिमको चीजहरूको बारेमा चर्चा गरिएको छ । यसले छालामा नकारात्मक असर पुर्याउँछ । चिसो मौसममा पटक-पटक यी चीजहरू छालामा लगाउनाले कम्प्लेक्शन डार्क हुन्छ ।

कुन-कुन चीज खाँदा कालोपन बढ्छ?

-फ्राइड फूड कम खानुहोस् । यसमा पाईने ट्रान्स फैट्सको अधिक मात्राले कालोपन बढ्छ ।

-चिया वा कफी सेवन गर्नुहुँदैन । यसमा कैफिनको मात्रा अधिक हुन्छ । यसले कम्प्लेक्शन डार्क हुन्छ ।

-आफ्नो आहारमा नून कम सेवन गर्नुपर्दछ । यसले छालाको सेल्स खुम्चिन थाल्छ र कालोपन बढ्छ ।

-गुलियो चीज कम खानुपर्दछ । बढी चीनी खाँदा छालाको चमक कम हुन्छ र रंग कालो हुन्छ । छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज,

१-कागती

यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।

२-सिरका

भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।

३-बियर

बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ ।

४-बेकिंग सोडा

यसमा पाईने अल्केलाइड्सले छालाको PH लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग-धब्बा बन्छ र चमक कम हुन्छ ।

५-पुदिना

यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

६-सुन्तला

सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।

यस मौसममा अनुहारमा के लगाउँदा रंग गोरो हुन्छ ।

१-काँचो दूध लगाउनुहोस् । यसले छालाको सुख्खापन कम हुन्छ र चमक बढ्छ ।

२-ओलिभ ओयल लगाउनुहोस् । यसले छालाको नरमपन बनाई राख्छ र रंग गोरो हुन्छ ।

३-घ्यूकुमारी जेल लगाउनुहोस् । यसले अनुहारको चमक बढाउँछ र रंग गोरो हुन्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्