भगवान श्री पशुपतिनाथले हामी सबैखो रक्षा गरुन: तपाईका लागि यस्तो छ आजको राशीफल- आजमिति २०७५ साल आश्विन २६ गते शुक्रवार

label admin query_builder October, 12 2018

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।। राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।। पञ्चाङ्ग : सूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल आश्विन २६ गते शुक्रवार नेपाल सम्बत ११३८ कौलाथ्व,सन् २०१८ अक्टोबर १२ तारिक शुक्लपक्ष तृतीया तिथि विहान ६ वजेर ५१ मिनेटसम्म उप्रान्त चौथी तिथि,विशखा नक्षत्र अपरान्ह १ वजेर ५ मिनेटसम्म उप्रान्त अनुराधा नक्षत्र,प्रीतियोग,गरकरण,आनन्दादियोग मातङ्ग,सूर्य कन्या राशीमा,चन्द्रमा विहान ६ वजेर ५५ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।

मुहूर्त : राहुकालः–अशुभ विहान १० वजेर २३ वजेबाट ११ वजेर ५० मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–अपरान्ह २ वजेर ४३ मिनेटबाट ४ वजेर १० मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ७ वजेर ३० मिनेटबाट ८ वजेर ५७ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर २२ मिनेटबाट ९ वजेर ८ मिनेटसम्म र मध्यान्ह १२ वजेर १३ मिनेटबाट १२ वजेर ५९ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २७ मिनेटबाट मध्यान्ह १२ वजेर १३ मिनेटसम्म रहनेछ । दिन बारवेला : सूर्योदय कालबाट प्रातः ७ वजेर २९ मिनेटसम्म चर वेला,७ वजेर २९ मिनेटबाट ८ वजेर ५६ मिनेटसम्म लाभ वेला,८ वजेर ५६ मिनेटबाट १० वजेर २३ मिनेटसम्म अमृत वेला,१० वजेर २३ मिनेटबाट ११ वजेर ५० मिनेटसम्म काल वेला, ११ वजेर ५० मिनेटबाट १ वजेर १६ मिनेटसम्म शुभ वेला,१ वजेर १६ मिनेटबाट २ वजेर ४३ मिनेटसम्म रोग वेला,२ वजेर ४३ मिनेटबाट ४ वजेर १० मिनेटसम्म उद्वेग वेला र ४ वजेर १० मिनेटबाट सूर्यास्त कालसम्म चर वेला रहनेछ ।

रात्री बारवेला : सूर्यास्त कालबाट ७ वजेर १० मिनेटसम्म रोग वेला,७ वजेर १० मिनेटबाट ८ वजेर ४३ मिनेटसम्म काल वेला,८ वजेर ४३ मिनेटबाट १० वजेर १६ मिनेटसम्म लाभ वेला,१० वजेर १६ मिनेटबाट ११ वजेर ५० मिनेटसम्म उद्वेग वेला,११ वजेर ५० मिनेटबाट १ वजेर २३ मिनेटसम्म शुभ वेला,१ वजेर २३ मिनेटबाट २ वजेर ५६ मिनेटसम्म अमृत वेला,२ वजेर ५६ मिनेटबाट ४ वजेर २९ मिनेटसम्म चर र ४ वजेर २९ मिनेटबाट सूर्योदय कालसम्म रोग वेला रहनेछ ।

राशी : मेषः–दिन प्रतिकुल बन्दै छ नयाँ काममा लगानी बढाउनु क्षय बढि हुनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । गर्न लागेका काममा विभिन्न खालका अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्नेछ । सहयोग पाईन्छ भनेका ठाँउबाट मिल्ने छैन । व्यापार घट्नेछ ।

वृषः– शत्रु कमजोर हुनेछन् । विवादको अन्त्य हुनेछ । मनोबल र कार्य क्षमता बढ्ने छ । आफ्नै पहलमा धेरै काम बन्ने छन् । नयाँ कामको प्रस्ताव आउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्व पूर्ण काम हुनेछन् । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला ।

मिथुनः– गोपनियता भङ्ग नगर्नु होला आफन्त नै शत्रु हुन सक्छन् । काममा हेलचक्र्याई गरेमा अरुले फाइदा लुट्ने छन् । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ । ऋण लगानी नगर्नु उत्तम देखिन्छ । गरेमा सुरक्षित विधि अप्नाउनु होला ।

कर्कटः– मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने सम्भावना रहनेछ । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

सिंहः–अनुत्पादक काममा समय बढि लगानी हुने देखिन्छ । घरयासी वस्तु खरीदमा धन लगानी बढि होला । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । समयले सोचे जस्तो साथ दिने छैन । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । घरमा जमघट बढ्नेछ ।

कन्याः– साहासिक काम हुनेछन् । निर्णय क्षमता बढ्नेछ । तर कुनै पनि कामको बारेमा निर्णय लिदा एकपटक सोचेर लिनुहोला । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । इष्टमित्र साथी भाईको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् ।

तुलाः–घर प्रयोजनका लागि सामान खरीदमा धेरै पैसा जानेछ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ ।

वृश्चिकः– अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । औषधी चिकित्सा,यान्त्रिक,निर्माण व्यवसाय तथा प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।

धनुः– समय प्रतिकुल देखिन्छ । मनमा गलत विचार जन्मिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । परभाव एवं परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । अतिथि खर्च बढ्नेछ ।

मकरः– सपना साकार हुने देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी पनि बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

कुम्भः– सकरात्मक सोचको विकास हुनेछ । विगतमा देखिएका समस्या विस्तारै समाधान हुनेछन् । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान सम्मान पाईनेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

मिनः–समयमा विस्तारै सुधार आउने देखिन्छ । गलत विचार मनबाट हट्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । नोटः– यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित सुराचार्य ।

तपाईंको प्रतिक्रिया दिनुस्