नेपालका बेरोजगार युवाहरु दशैंका लागि घर खर्च चलाउन भारतको सिम्लामा स्याउ टिप्न बेस्त

label admin query_builder October, 12 2018

नवराज पनेरु, धनगढी,दशैँका लागि घर फर्किरहेका डोटी जोरायल गाउँपालिका वडा नम्वर ६ का नरेश साउँदले भारतको सिमलामा स्याउ टिप्ने काम थालेको धेरै बर्ष भईसकेको छ। स्याउ टिप्ने सिजनमा सिमला पुग्ने साउँद सिजन सकिएसंगै घर फर्किएर खेतपातीमा जुट्ने गरेका छन्। सिमलाको जस्तै स्याउ उत्पादनको सम्भावना बोकेका सुदूरपश्चिमका जिल्लाहरुमा त अहिले सम्म व्यवसायीक रुपमा स्याउ उत्पादन समेत सुरु भएको छैन्।

त्यसैले भारतमा स्याउ टिपेर आर्जन गरिएको आम्दानीले यसपाली दशैँ मनाउने योजना छ, उनले भने। भारतमा स्याउ टिपेको नेपालीहरुले दैनिक ३ देखि ४ सय सम्म ज्याला पाउने गरेका छन्। भारतको हिमाञ्चल प्रदेशमा स्याउ टिपेर भएको आम्दानीले दशैं मनाउने योजनाका साथ पश्चिमी नाकाहरुमा घर फर्किने लर्को छ। खेतीपाती सकेर स्याउ टिप्नका लागि भारतको सिमला लगायतका क्षेत्रमा पुगेका सुदूरपश्चिमेलीहरु अहिले स्याउँका भारी बोक्दै दैनिक रुपमा घर फर्किने भिड हुने गरेको छ। कैलालीको त्रिनगर नाकामा दशैँका लागि घर फर्किने नेपालीहरुमा अधिकासं सिमलामा मजदुरी गर्ने भेटिएका छन्।
भारतको हिमाञ्चल प्रदेशको सिमलाको जमीनमै लटरम्म फलेका राता राता स्याउ टिप्ने अधिकासं नेपालीहरु नै छन्। नेपालीहरुका अनुसार सिमलामा सो क्षेत्रका स्थानीय वासीन्दाको बसोबास भन्दा नेपाली मजदुरको सङख्या बढि छ। सुदूरपश्चिमका पहाडी जिल्लाका वासीन्दा जस्ले सिजनमा खेतीपातीका लागि घर पनि फर्किनुपर्छ उनीहरु अधिकासंको रोजाई भारतको सिमला नै हुने गरेको छ।

कैलाली चौमलाका विक्रम बोहराले स्वदेशमा रोजगारी नपाएकै कारण रोजगारीका लागि विदेशीनु परेको गुनासो गरे। सुदूरपश्चिमका ४ पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा र दार्चुलामा स्याउ उत्पादनको सम्भावना धेरै छ। तर कुनै पनि ठाउँमा व्यवसायीक रुपमा स्याउ उत्पादन भने सुरु भएको छैन्। भारतमा स्याउ टिप्न जाने सुदूरपश्चिमेलीहरुले पनि आफ्नै ठाउँमा स्याउ उत्पादनको सम्भावना रहेपनि सदुपयोग गर्न चाहेका छैनन्।

बर्षेनी सुदूरपश्चिमका ७ पहाडी जिल्ला लगायत तराईका जिल्लाबाट पनि धेरै नेपालीहरु भारतमा स्याउँ टिप्न जाने गरेका छन्। उनीहरु स्याउको मौसम भएका बेला भारतको गढवाल, चन्डिगढ र सिमलामा स्याउ टिप्न जान्छन्। स्याउको सिजन सकिएपछि घर फर्किन्छन्। त्यहाँ जानेमा महिला, पुरुष र बालबालिका समेत रहेका छन्, डडेल्धुरा भद्रपुरका रमेश पालले भने स्याउ टिपेकै पैशाले हरेक बर्ष दशैँ मान्ने गरेको छु।
सुदूरपश्चिममा सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुरामा विगतको जिल्ला कृषि कार्यालयले स्याउ उत्पादन, क्षेत्र विस्तार र किसानलाई केही सहयोग पु¥याएको भएपनि भौगोलिक विकटताका कारण उत्पादित स्याउ दूरदराजका गाउँमै कुहिने गरेको छ। ग्रामिण भेग सडक सञ्जालसँग नजोडिएका कारण अन्य जिल्लाको स्याउले पनि बजार पाउन सकेको छैन्।

भारतको हिमाञ्चल प्रदेशमा मात्रै झण्डै ३६ हजार नेपालीहरु स्याउ टिप्ने काम गर्दै आएका छन्। यस्तो बेला गाउँ–गाउँमा पुगेका स्थानीय सरकार र प्रदेश सरकारले विदेशमा गर्नुपर्ने काम स्वदेशमै गर्ने बातावरण मिलाउन पनि आवश्यक छ। भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख यज्ञराज जोशीले स्याउमा व्यवसायीकता दिन नसकिएपनि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए।

तपाईंको प्रतिक्रिया दिनुस्