ओली सरकार लाई फेरी मोदी सरकारले धोका दियो, अन्तत हवाइ रुट अनुमति नदिने

label admin query_builder October, 16 2018

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम साता गरेको नेपाल भ्रमणमा चारवटा हवाई रुट दिने सहमति भएको थियो । यसै विषयमा असार पहिलो साता दुई देशबीच सम्झौता पनि भयो । तर सम्झौताको चार महिनापछि भारतले आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चापलाई कारण देखाइ हवाइ रुट अनुमति दिन नसकिने बताएको छ ।

सम्झौता कार्यान्वयनको विषयमा छलफलका लागि नयाँ दिल्ली पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीलाई भारतीय अधिकारीले रुट अनुमति दिन नसक्ने बताएसँगै निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै समस्या हुने देखिएको छ ।

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको धमाधम निर्माण कार्य भइरहेको छ भने

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि बढाइएको छ । प्रधानमन्त्रीको तहमा सहमति भइ सम्झौतापत्रमा हस्ताक्षर नै भइसकेको अवस्थामा भारतले सुरक्षाको कारण देखाएर हवाइ रुट दिन नसक्ने बताउनु अर्थपूर्ण छ ।

अहिले युरोप, मध्यपूर्व लगायत मुलुकबाट नेपाल आउने विमानलाई काठमाडौँमा अवतरण गर्न सिमराबाट मात्रै प्रवेश गर्नुपर्ने बाध्यता छ। थप हवाइ रुटबारे भइसकेको सहमति कार्यान्वयनका लागि आवश्यक परे प्रधानमन्त्रीकै तहमा छलफल गर्नुपर्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्