तपाईका लागि यस्तो छ आजको राशीफल- आजमिति २०७५ साल असोज ३१ गते बुधबार

label admin query_builder October, 16 2018

सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
सूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल आश्विन ३१ गते बुधवार नेपाल सम्बत ११३८ कौलाथ्व,सन् २०१८ अक्टोबर १७ तारिक शुक्लपक्ष अष्टमी तिथि मध्यान्ह १२ वजेर २७ मिनेटसम्म उप्रान्त नवमी,उत्तरषाढा नक्षत्र राती १० वजेर ६ मिनेटसम्म उप्रान्त श्रवण नक्षत्र,सुकर्मयोग,बवकरण,आनन्दादियोग वज्र,सूर्य कन्या राशीमा,चन्द्रमा मकर राशीमा ।

मुहूर्त
राहुकालः–अशुभ पूर्वान्ह ११ वजेर ४९ मिनेटबाट अपरान्ह १ वजेर १४मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ७ वजेर ३२मिनेटबाट ८ वजेर ५७मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वाान्ह १० वजेर २३मिनेटबाट ११ वजेर ४९मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ पूर्वान्ह ११ वजेर २६मिनेटबाट मध्यान्ह १२ वजेर १२ मिनेटसम्म रहनेछ ।अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २६मिनेटबाट मध्यान्ह १२ वजेर १२मिनेटसम्म रहनेछ ।

दिन बारवेला
सूर्योदय कालबाट प्रातः ७ वजेर ३१मिनेटसम्म लाभ वेला,७ वजेर ३१ मिनेटबाट ८ वजेर ५७मिनेटसम्म अमृत वेला,८ वजेर ५७मिनेटबाट १० वजेर २३ मिनेटसम्म काल वेला,१० वजेर २३ मिनेटबाट ११ वजेर ४८ मिनेटसम्म शुभ वेला,११ वजेर ४८ मिनेटबाट १ वजेर १४ मिनेटसम्म रोग वेला,१ वजेर १४ मिनेटबाट २ वजेर ४० मिनेटसम्म उद्वेग वेला,२ वजेर ४० मिनेटबाट ४ वजेर ६ मिनेटसम्म चर वेला र ४ वजेर ६ मिनेटबाट सूर्यास्त कालसम्म लाभ वेला रहनेछ ।

रात्री बारवेला
सूर्यास्त कालबाट ७ वजेर ६मिनेटसम्म उद्वेग वेला,७ वजेर ६मिनेटबाट ८ वजेर ४०मिनेटसम्म शुभ वेला,८ वजेर ४०मिनेटबाट १० वजेर १५मिनेटसम्म अमृत वेला,१० वजेर १५मिनेटबाट ११ वजेर ४९मिनेटसम्म चर वेला,११ वजेर ४९मिनेटबाट १ वजेर २३मिनेटसम्म रोग वेला,१ वजेर २३मिनेटबाट २ वजेर ५८मिनेटसम्म काल वेला,२ वजेर ५८मिनेटबाट ४ वजेर ३२मिनेटसम्म शुभ र ४ वजेर ३२मिनेटबाट सूर्योदय कालसम्म उद्वेग वेला रहनेछ ।

राशी
मेषः– अवसरको खोजीमा हुनुहुन्छ भने त्यो आज प्राप्त हुनसक्छ मेहनत थोरै बढि गर्नु होला । सामान्यतया गरेका काम हुने ग्रह गोचरमा देखिन्छ । व्यापारबाट आय आर्जन राम्रै हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । घरका समस्या केहि समाधान भएर जानेछन् ।

वृषः– समयमा अझै पूर्ण सुधार आउने छैन । सामान्य अवस्थाम फर्किनु हुनेछ । मेहनत अनुसारको फल भने मिल्नेछ । मानसिक तनावमा कमि आउनेछ । काम गर्दा हेलचक्रयाई नगर्नु होला विग्रिने छन् । अहार विहारमा ध्यान दिन होला । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । यात्रा हुनसक्छ ।

मिथुनः– दिन प्रतिकुल देखिन्छ । गरेका काम असफल हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला ।

कर्कटः– समयमा सामान्य सुधार आउनेछ । स्वतन्त्र प्रकृतिका कामबाट लाभान्वित हुनुहुनेछ । आफन्तको सामान्य सहयोग मिल्नेछ । लोभ मोह बढ्नेछ । विना विचार काममा हात नहाल्नु होला घाटा हुन सक्छ । अलमलमा पर्नु भयो भने धेरै काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनसक्छ ।

सिंहः– सवैलाई आफ्नो ठानेर काम नगर्नु होला विश्वास घात गर्ने पनि कम हुने छैनन । मुद्धा मामिलामा जीत हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तित्वबाट सहयोग मिल्नेछ ।

कन्याः– भ्रममा नपर्नु होला । पढाईतिर भन्दा बाहिरी काममा बढि ध्यान जाने छ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ सतर्क रहनु होला । आलस्यता नै शत्रु सम्झेर काम गर्नुु होला । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला । व्यापार व्यवसायबाट उचित फल पाईने छैन । प्रेमिकाले धोका दिन सक्छिन् ।

तुलाः– पारिवारिक समस्या बढ्ने छन् । भौतिक सुखमा कमि आउनेछ । आशा निराशामा परिणत हुनेछ । अरुको काम गरेर जश कम पाईने छन् । आफ्ना काम सफल गर्न पनि बढि मेहनतको आवस्यकता पर्नेछ ।अरुको भर धेरै नपर्नू होला । विश्वास घात हुनसक्छ । मन विरक्तिनेछ ।

वृश्चिकः–समग्रमा दिन उत्तम देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । कर्म अनुसारको फल राम्रै मिल्नेछ । विगतमा रोकिएका काम अगाडि बढ्ने छन् । आफन्तबाट प्रेरणा मिल्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । अध्ययनमा अभिरुची बढ्नेछ ।

धनुः– लेनदेन कारोवारमा ध्यान दिनु होला नत्र दिएको धन डुब्न सक्छ । आफन्तले विश्वास घात गर्न सक्छन् । बोलीको अनर्थ लगाउने छन् । विना तयारी लाग्दा काम विग्रिने छन् । आरोप आउन सक्छ सर्तक रहनु होला । ख्याल राख्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार खस्किनेछ ।

मकरः– दिन सामान्य अनुकुल देखिन्छ । भ्रममा नपर्नु होला । आतुरमा कुनै काम नगर्नु होला ।स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । गलत विचार त्यग्नु होला । मिलेर कुनै काम नगर्नु होला ।

कुम्भः– समय खराव देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायमा गरेको लगनी डुब्न सक्छ । आफन्तसँगको विश्वास र भरोसा टुट्नेछ । जोखिम पूर्ण यात्रा नगर्नु होला दुर्घटनाको भय देखिन्छ । मिशनमा पुग्न गाह्रो हुनेछ । अरुको कुरामा धेरै नलाग्नु होला । धन आफन्त मान्छे भए पनि नदिदा राम्रो हुनेछ ।

मिनः– समग्रमा दिन अनुकुल नै देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । सानो मन गरेर काम नगर्नु होला । गरेका अधिकाँश काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा मंगलिक काम हुन सक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरु बढ्ने छन् । सहयोगी हात भेटिने छन् ।

नोटः– यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित सुराचार्य ।

तपाईंको प्रतिक्रिया दिनुस्