ज्योति । आज नवरात्रीको आठौ दिन महाअष्टमी र कालरात्रिको महासंयोग पर्ने दिन । यो दिन सत्यलोकबाट महाकाली, महालक्ष्मी र महासरस्वती पृथ्वी लोकमा आउँने विश्वास गरिन्छ । यसैले आज महाकाली, महालक्ष्मी र महासरस्वती विशेष पूजा गर्ने गरिन्छ । भगवान् रुद्रकी शक्ति (पत्नी) महाकाली मानिन्छिन् । महाकालीको कालो रूप भएकोले भगवान् शङ्करले एक दिन कृष्ण वर्ण भएको काली भनेर सम्बोधन गरेर बोलाए ।

महाकाली

काली रुष्ट भएर भयङ्कर ठूलो तपस्या गरिन् । तपस्याको प्रभावले गौर वर्ण भएकी सुन्दरी भइन् । गोरो वर्ण भएर रूप बद्लिएको देखेर भगवान् शङ्करले गोरी भनेर बोलाउन थाल्नुभयो । कालान्तरमा यिनको महागौरी नाम रह्यो । महागौरीको नवरात्रीमा अष्टमीको दिन पूजा गरिन्छ । यसैले आज महाकाली, महागौरी, महालक्ष्मी र महासरस्वतीको आराधाना गरिन्छ । यो दिन सत्यलोकबाट देवीहरुसँगै एक सत्य सन्देश पृथ्वी लोकमा आउने मानिन्छ ।

महाकाली

उक्त सन्देशलाई महागौरी ध्यान, महागौरी स्तोत्र, महागौरी कवचको रुपमा लिइन्छ । यो सत्यलोकबाट आएको सन्देश उच्चारणले मानिसले अद्भूत शक्ति प्राप्त गर्ने, ज्ञान, बुद्धि, बल बृद्धि भएर धन, दौलत, मान–प्रतिष्ठा बढ्ने विश्वास गरिन्छ । सन्देश जति फैलायो त्यति नै महाकाली, महागौरी, महालक्ष्मी र महासरस्वती कृपा प्राप्त हुने जनविश्वास छ । आफुपनि उच्चारण गर्नुहोस् । अरुको लागि सक्दो सेयर गर्नुहोस् ।

महालक्ष्मी
  • महागौरी ध्यान :

वन्दे वाञ्छितकामार्थे चन्द्रार्धकृतशेखराम् । सिंहारूढां चतुर्भुजां महागौरीं यशस्विनीम् ।। पूर्णेन्दुनिभां गौरीं सोमचक्रस्थिताम् अष्टमीं महागौरीं त्रिनेत्राम् । वराभीतिकरां त्रिशूल–डमरुधरां महागौरीं भजेहम् ।। पटाम्बर–परिधानां मुदृहास्यां नानालङ्कारभूषिताम् । मञ्जीर–हार–केयूर–किङ्किणी–रत्नकुण्डल–मण्डिताम् ।। प्रफुल्ल–वदनां पल्लवाधरां कान्तकपोलां त्रैलोक्यमोहनाम् । कमनीयलावण्यां मृणाल–चन्दन–गन्धलिप्ताम् ।।

महासरस्वती
  • महागौरी स्तोत्र :

सर्वसङ्कटहन्त्री त्वं हि धनैश्वर्यप्रदायनी । ज्ञानदा चतुर्वेदमयी महागौरीं प्रणमाम्यहम् ।। सुख–शान्तिदात्रीं धन–धान्य–प्रदायिनीम् । डमरुवाद्य–प्रियाम् आद्यां महागौरीं प्रणमाम्यहम् ।। त्रैलोक्यमङ्गला त्वं हि महागौरीं प्रणमाम्यहम् ।।

महागौरी
  • महागौरी कवच :

ओंकारः पातु शीर्षे मां, हीं बीजं मां हृदये । क्लीं बीजं सदा पातु नाभौ गुह्ये च पादयोः ।। ललाटे कर्णयोः हुं बीजं पातु महागौरी मां नेत्रे घ्राणयोः । कपोल–चिबुकयोः फट् पातु स्वाहा मां सर्ववदनो ।।