चिनले गर्‍यो फेरी अर्को चमत्कार, क्रितिम चन्द्रमा बनाएसँगै अब सडक बत्ती नचाहिने

label admin query_builder October, 20 2018

बेइजिङ । चीनले कृत्रिम चन्द्रमा बनाएर विज्ञानको क्षेत्रमा चमत्कार गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ सम्म यस्ता ३ वटा कृत्रिम चन्द्रमा स्थापित गर्ने घोषणा गरेको हो । यस्ता चन्द्रमा शिशाबाट बनाइने र यिनीहरूले सूर्यको प्रकाशलाई परावर्तित गरेर राति प्रकाश दिने छन् ।

चीनले यी ३ वटा चन्द्रमालाई ३६० डिग्रीको कक्षामा स्थापित गरिने र यसले २४ घण्टा ई उज्यालो दिनेछन् ।तियान्फु सिस्टम साइन्स रिसर्च इन्स्टिच्युटका प्रमुख वु चुनफेङ भन्छन्, “यसबाट पर्याप्त उज्यालो हुनेछ र यसले सडक बत्तीको अवश्यकता रहने छैन ।”

वु भन्छन्, “यसरी परावर्तित सूर्यका किरणले ३ हजार ६ सयदेखि ६ हजार ४ सय वर्ग किलोमीटर क्षेत्रमा उज्यालो गर्न सक्नेछन् । र यसको उज्यालो चन्द्रमाभन्दा ८ गुणा बढी हुने आकलन गरिएको छ ।”

वु अगाडि भन्छन्, “यस्ता कृत्रिम चन्द्रमाले लगभग १ दशमलव २ अर्ब युआन बराबर विद्युत त बचाउन सकिनेछ नै यसबाट बिजुली नपुगेको ठाउँमा समेत उज्यालो पुग्ने छ ।”

यतिमात्र नभएर यी चन्द्रमाहरूबाट प्राप्त हुने प्रकाशलाई आवश्यकता अनुसार कम-बढी गर्न सकिनेछ र समय अनुसार नियन्त्रित समेत गर्न सकिनेछ । यस्तो कृत्रिम चन्द्रमा धेरै चम्किलो नभएर धमिलो प्रकाश दिने बताइएको छ ।

धेरैले भने यस्तो प्रकारको कामले जनावरहरुमा नकारात्मक असर पर्ने बताएका छन् ।

तर यस प्रकारको प्रयास पहिलो भने होइन । यस अघि रुसले समेत यस्स्तो प्रयास गरिसकेको छ ।

एजेन्सीहरू

तपाईंको प्रतिक्रिया दिनुस्