घरायसी बिधीबाट रेशमी (सिल्की) कपाल बनाउन चाहानुहुन्छ भने जानकारी लिनुहोस बनाउने बिधी भिडियो सहित

label admin query_builder October, 23 2018

घरायसी बिधीबाट रेशमी (सिल्की) कपाल बनाउन चाहानुहुन्छ भने जानकारी लिनुहोस बनाउने बिधी भिडियो सहित

कपाललाई चम्किलो तथा आर्कषक बनाउने विधिहरु धेरै प्रकारका छन् । त्यसमध्येमा आज हामी तपाईंलाई निकै सरल विधिबारे जानकारी दिन्छौं ।

आवश्यक सामाग्री १) १ वटा अण्डा २) ४ ठूलो चम्चा दही ३) २ ठूलो चम्चा जैतुन वा नरिवलको तेल ४) १ ठूलो चम्चा कागतीको रस

बनाउने विधि १) सबैभन्दा पहिला अण्डालाई एउटा सफा कचौरामा हाल्नुहोस् । २) यदि तपाईंको कपाल चिल्लो किसीमको छ भने , अण्डाको सेतो भागको प्रयोग गर्नुहोस् । ३) यदि तपाईंको कपाल सुख्खा किसीमको छ भने, अण्डाको पहेंलो भागको प्रयोग गर्नुहोस् । ४) यदि तपाईंको कपाल सामान्य किसीमको छ भने , पुरै अण्डाको प्रयोग गर्न सक्नुहुन्छ । ५) आफ्नो कपालको किसीम हेरेर अण्डालाई फिट्नुहोस् । कपाल धेरै नै लामो छ भने २-३ वटा अण्डाको प्रयोग गर्नुहोस्। ६) ४ ठूलो चम्चा दहिलाई कचौरामा हाल्नुहोस् । २ चम्चा जैतूनको तेल र १ चम्चा कागतीको रसलाई हाल्नुहोस्। ७) सबै सामग्रीलाई राम्ररी मिसाउनुभई राम्रो पेस्ट बनाउनुहोस् । ८) त्यसपछि यस पेस्टलाई आफ्नो कपालको सबै भागमा लगाउनुभई राम्ररी मालिश गर्नुहोस् । ९) यस मास्कलाई कपालमा लगाईसकेपछि २० मिनेटसम्म त्यसै छोड्नुहोस् । मास्कलाई चुहिनबाट बचाउनको लागि डिस्पोजेबल शावर कैपको मद्धतले कपाललाई ढाक्नुहोस् । १०) सफा पानीले पखाल्नुहोस् । र त्यसपछि सधैझैं शैम्पुको प्रयोग गरी कपाललाई धुनुहोस् ।

भिडियो हेर्नुहोस >>

तपाईंको प्रतिक्रिया दिनुस्