तीस-पैतिस बर्षदेखी बन्छ भन्दै गरेको पश्चिम सेतीको खाका अझै कोरिएन, कुन सरकारका लागि जुर्ला त ?

label admin query_builder October, 28 2018

३६ बर्षदेखि अल्झिएको पश्चिम सेतीलाई कसरी अगाडी वढाउने भन्ने अन्यौलता सुल्झाउन वनाईएको अध्ययन टोलीले अझै त्यसको खाँका तयार पार्न सकेको छैन् । चिनियाँ कम्पनी थ्री गर्जेजले आयोजनावाट हात झिकेपछि निर्माणको खाँका तयार पार्न दुई मन्त्री सहितको तीन सदस्यीय टोली गठन गर्दै निर्माणको मोडालिटी माग गरिएको थियो । सरकारले ३६ वर्षदेखि अलपत्र अवस्थामा परेको पश्चिम सेतीलाई कुन रुपमा निर्माण गर्ने भनेर अध्ययन गर्न वनाएको टोलीले प्राविधिह सहित राखेर अवको एक महिनाभित्र प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउनेछ । त्यसपछि के गर्ने भन्ने विषयले निकास पाउनेछ ।

७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउनका लागि लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी थ्री गोर्जेजलाई खारेज गर्दै त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे थप अध्ययन गर्नका लागि समिति गठन गरेको डेढमहिना हुन लाग्दा पनि त्यसकोखाँकाले अन्तिम रुप नपाएको हो । थ्री गोर्जेजले प्राविधिक, पुनर्वास तथा पुर्नस्थापना लगायतका विषयमा बखेडा झिक्दै पछाडी हटेपछि निर्माणको खाँका तयार पार्नका लागि अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सम्मिलित समिति अध्ययन टोलीले त्यसको विषयमा निष्कर्ष निकाल्न नसकेको अध्ययन टोलीका सदस्य तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

विकल्पको खोजी गर्न उच्च स्तरीय समितिले पटक बैठक गरेर त्यसका विषयमा छलफल समेत गरेको छ । तर आयोजना कुन मोडलमा निर्माण गर्ने भन्ने पहिचान कुन सकेको छैन् । टोलीले प्राविधिक टोलीसँग त्यसका वारेमा राय सुझाव मागेको छ । प्राविधिक रुपमा के गर्ने र पुर्नस्थापनाको विषयमा कसरी अगाडी बढाउने भनेर समितिमा छलफल भएको छ । पटक पटक कुनै न कुनै वहानामा रोकिदै आएको आयोजना अगाडी वढ्नेमा प्रभावित क्षेत्र र प्रदेशकै वासिन्दा आशावादी छैनन । तर अवको एक महिनामा पश्चिम सेती निर्माणको खाँका तयार पारेर प्रतिवेदन वुझाईने लगानी वोर्डका महाप्रवन्धक महाप्रसाद अधिकारीले बताए ।

सरकारकै मन्त्री सम्मिलित अध्ययन टोली गठन भएका कारण निकास निस्किने आशा गरिएका वेल निर्माणको मोडालिटी नै टुङगिएको छैन् । अध्ययन टोली निर्माणको पक्षमा रहेको वुझिएको छ । प्रतिवेदन तयार भएपछि लगानी वोर्डको बैठकले पश्चिम सेतीको विषयमा निकास दिनेछ । तर त्यो बैठक कहिले बस्ने हो त्यो पनि निश्चित नभएको लगानी वोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए

तपाईंको प्रतिक्रिया दिनुस्