५३औं जन्मदिन मनाउँदै शाहरुख खान, यस्ता छन् उनका पाँच तथ्य

label सुदूरखबर संवाददाता query_builder November, 02 2018

मुम्बई, कार्तिक १६ । अभिनेता शाहरुख खान ५३ वर्ष लागेका छन्। आज ५३ वर्ष पुगेको अवसरमा शाहरूखले आफ्नो नयाँ फिल्म ‘जिरो’को ट्रेलर रिलिज गर्दैछन्। यस फिल्ममा उनी छोटो कदका पात्रको भूमिकामा अभिनय गरेका छन्।

  • उनले सन् १९८८मा ‘फौजी’ टिभी सिरियलबाट आफ्नो करियर सुरू गरेका थिए। नोभेम्बर २ १९६५ मा जन्मिएका शाहरूखले ‘दीवाना’बाट बलिउडमा प्रवेश गरेका हुन्। ११९२ मा रिलिज भएको यस फिल्मलाई दर्शकले रूचाएका थिए। उनले पहिलो फिल्मबाट सफलता हात पारे। सो फिल्ममा उनीसँगै ऋषि कपुर तथा दिव्या भारती मुख्य भूमिकामा थिए।
  • यस पश्चात शाहरुखले यस चोपडाको ब्यानरमा ‘डर’ तथा ‘बाजीगर’ फिल्ममा खलनायकको चरित्र निर्वाह गरे। ‘डर’मा उनी साइको प्रेमीको भूमिकामा थिए भने ‘बाजीगर’मा एउ हत्याराको भूमिकामा गरेका थिए। उनले ‘डर’बाट उत्कृष्ट खलनायकको अवार्ड पाउन सफल भए।
  • सन् १९९५ मा शाहरूखले राकेश रोशनको ‘करण-अर्जुन’ फिल्ममा काम गरे। फिल्म सुपरडुपर हिट भयो। ततःपश्चात ‘दिलवालें दुल्हनिया ले जायेगें’ले शाहरूखलाई ठूलो स्टारडम दिलाउने काम गर्‍यो।
  • शाहरुखले यश चोपडाको ब्यानरसँग गरेका सबै फिल्म वक्सअफिसमा सफल भए। उनले चोपडासँग ‘दिल तो पागल है’, ‘दिल से’, ‘वीर जारा’, ‘जब तक है जान’ आदि फिल्ममा गरेका थिए। यशका छोरा आदित्य चोडासँग पनि उनको सहकार्य सफल रह्यो। यी दुबैले ‘दिलवाले दुल्हनियाँ ले जायेगें’, ‘मोहब्बतें’, ‘रब ने बना दि जोडी’ जस्ता सफल फिल्ममा काम गरेका छन्।
  • शाहरुखले बलिउडका प्राय चर्चित सबै अभिनेत्रीसँग काम गरेका छन् तर अभिनेत्री काजोलसँगको जोडी दर्शकहरूमाझ धेरै चर्चित बन्यो। उनीहरूको ‘दिलवालें दुल्हनियाँ ले जायगें’ देखी ‘दिलवाले’सम्मको जोडी दर्शकको रोजाइमा पर्छ। शाहरुखले आफ्नो कामका लागि १४ फिल्मफेयर अवार्ड जितेका छन्। यसका अलावा भारत सरकारले दिने पद्मश्री सम्मानबाट पनि सम्मानित भइसकेका छन्।
तपाईंको प्रतिक्रिया दिनुस्