२ छाक टार्न सारँगी बजाएर माग्दै हिड्ने बाबु-छोरी, छोरीको गीतले सबै चकित परे (भिडियो)

label admin query_builder November, 04 2018

दाङको पोत्रै खोलाबाट किनारै किनार १ कि.मि टाढा गईसकेपछि नयाँ बस्ती नाम गरेको गन्धर्व जातिको वस्ती छ । गन्धर्व बस्तीमा सबैको घर सरकारले बनाईदिएको छ । उनीहरु दुख सुख आफ्नो जवन धानिरहेका छन् । जनक गन्धर्वको आफ्नै घर छैन । अरुको घर बन्दा किन सरकारले उनको घर बनाईदिएन । आफन्तहरु उनको बाबुको नागरिकता नभएर घर नबनेको बताउँछन् । आज जनकको कुरा है, सरस्वती गन्धर्वको कुरा गरौं ।

आफ्नो बाबुसँग गीत गाउँदै सारंगीको तालमा भाका मिसउँदै धेरैतिर पुग्ने सरस्वतीले बिहे गरेपनि माईतैमा छिन् । परिवारले हेरेन र यहाँ छु उनी भन्छिन् । सरस्वतीको आवाज निकै मिठो छ , काखमा छोरी पनि छिन् । छोरीलाई दुध किनेर खुवाउने पैसा पनि छैन । सरस्वती दुख पोख्छिन् । बाबु कलौटे गन्धर्वका साथमा उनले चलेका गायिकाहरुको आवाजमा जस्तै सुमधुर गीत गाईन् । अनि सबैलाई भावुक बनाईन् ।

उनको यो भिडियो हेर्नुहोस ।

तपाईंको प्रतिक्रिया दिनुस्