बझाङमा वर्षासँगै हिमपात, हेर्नुस् १० फोटो

label सुदूरखबर संवाददाता query_builder November, 04 2018

डीबी विष्ट/सुदूरखबर।
बझाङ, कात्तिक १८ । बझाङमा शनिबार राति अचानक वर्षासँगै हिमपात भएको छ । आइतबार बिहानदेखि अचानक बझाङ जिल्लाको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जमा वर्षासँगै हिमपात भएको हो ।

वर्षासँगै परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिका, यस्तै सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएको हो । हिपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

 हिमपात र वर्षाका कारण चिसो निकै बढेको सुर्मा गाउँपालिकाका स्थानीय नरेशबहादुर बोहराले बताएका छन् । गाउँमा समान्य हिमपात भए पनि गाउँभन्दा माथिपट्टीको जंगलमा भने निकै हिमपात भएको उनको भनाई छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जमा समेत हिमपात भएको छ । आइतबार बिहान ४ बजेतिर वर्षासँग आएको हिमपातका कारण राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटाइएको सुरक्षाकर्मीका साथै राष्ट्रिय निकुञ्जका कर्मचारीको जनजीव समेत प्रभावित बनेको बताइएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जका सिनीयर ग्याम स्काउट हंश सुनारका अनुसार आइतबार बिहानदेखि राष्ट्रिय निकुञ्जमा हिमपात हुन सुरु भएको बताएका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा हिमपातले सेताम्य भएको बताएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्