बिएमडब्लुको बाइक नेपाली बजारमा आउँदै

label सुदूरखबर संवाददाता query_builder November, 05 2018

काठमाडौं, कात्तिक १९ । नेपाली मोटरसाइकल पारखीले अब छिट्टै विश्वविख्यात ब्रान्ड बिएमडब्लुका बाइक चढ्न पाउने भएका छन् ।

नेपालका लागि बिएमडब्लु बाइकका अधिकृत बिक्रेता टर्क मोछर ट्रडलिंकले बिएमडब्लु मोटोर्राड ल्याउन लागेको समाचार नागरिक दैनिकमा छ । कम्पनीका अनुसार आगामी डिसेम्बरको सुरुतिरै बिएमडब्लु मोटोर्राड नेपाली सडकमा कुद्न थाल्नेछन् ।

बिएमडब्लु मोटोर्राड विश्वविख्यात जर्मन कम्पनीको बिएमडब्लुको मोटरसाइकल हो । सुरुआती चरणमा कम्पनीले जी१०जिएस र ३१० आर मोडलका ३१३ सिसीका बाइक ल्याउने जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्