११ वर्षमा ९१ हजार दुर्घटना : २० हजारको ज्यान गयो

label सुदूरखबर संवाददाता query_builder November, 06 2018

काठमाडौं, कात्तिक २० । पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ । यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन् । आर्थिक वर्ष २०६४÷६५ देखि १०७४/७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको छ ।

११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ । औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुईगुणा बढी हो । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ ।

११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत पाँच व्यक्तिको ज्यान जाने गरको देखाउँछ। औसतमा वर्षमा एक हजार ८०० भन्ला धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपदबाट हुने मृत्युभन्दा झन्डै दुई गुणा बढी हो। तथ्यांकअनुसार प्राकृतिक विपदमा परी वर्षमा औसत ९०० को ज्यान जाने गरेको छ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

तपाईंको प्रतिक्रिया दिनुस्