पीपीएल फाइनल : पोखराले जित्यो टस, रोज्यो फिल्डिङ

label सुदूरखबर संवाददाता query_builder November, 06 2018

पोखरा, कात्तिक २० ।  सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले चितवन राइनोज र घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा भईरहेको छ ।

पोखरा रंगशालामा शरद भेषवाकरको पोखराले टस जितेको छ । र, फिल्डिङ रोजेको छ । पारस खड्काको चितवनले ब्याटिङ थाल्नेछ । दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रेका छन् ।

विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्