विद्युत सर्ट भइ घरमा आगलागी, डेढ लाखको क्षति

label सुदूरखबर संवाददाता query_builder November, 06 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, कात्तिक २० । बैतडीको डिलाशैनी गाउँपालिका- ५ सेरामा मंगलवार एक घरमा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ ।

स्थानीय नारदप्रसाद जोशीको घरमा विद्युत सर्ट भएर आगलागि भएको वडा नं ५ का वडा अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए ।

आगलागिबाट घरभित्र रहेका अन्नपात,लत्ताकपडा जलेर नष्ट भएका छन् । यस्तै घरभित्र रहेका ५० हजार नगद पनि जलेको वडा अध्यक्ष बोहराले बताए । स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागिका कारण घरका झ्याल ढोका सबै जलेर नष्ट भएका छन् । घरका मानिस खेतमा काम गरिरहेका बेला आगलागि भएकाले मानवीय क्षति हुन पाएन् । विद्युत  कसरी सर्ट भयो भन्ने बिषयमा पनि खुल्न सकेको छैन् ।

तपाईंको प्रतिक्रिया दिनुस्