आजको दिनको लक्ष्मी पुजाको दिनमा यस्ता ४ चिज देखेमा तपाई लाई मालामाल हुने, जानकारी लिनुहोस

label admin query_builder November, 07 2018

नेपालीहरुको दोस्रो ठुलौ चाड तिहार सबैको घर घरमा आइसकेको छ ।। आज यमपञ्चकओ दोस्रो दिन कुकुर तिहार सबै साथीहरूलाई धेरै धेरै शुभकामना ।। कुकुरको जस्तै तिष्ण दिमाग रहोस।। तपाइहरुले तिहारको लागी चाहिने सबै सामग्रीहरु तयार पारिसक्नु भयो होला । त कसैले किन्ने तयारी गदै हुनुहुन्छ होला । जे होस तिहारको झिलिमिली सगै तपाइको मन समेत झिलिमिली भएको होला ।

पहिलो दिन काग तिहार ,कुकुर तिहार र त्यसपछि लक्ष्मी पूजा आउछ । यो दिन सबैले धनको देवी लक्ष्मीको पूजालाई विशेष महत्वका साथ गर्ने गरिन्छ । यसको मुख्य उदेश्य धन आर्जन गर्ने नै हो ।

त्यसैगरी दिपावलीको दिन घरवरीपरि सफा सुघर राख्ने तथा फोहोर राखेमा माता लक्ष्मी रुष्ट हुने र घर उनको वास नरहने हुँदा जीवनभर आर्थिक संकट सामना गर्नुपर्ने जस्तो मान्यताहरु पनि रहेको छ । र यो दिन घरमा झैझगडा गर्नु नहुने र गरेमा नराम्रो हुने मान्यता पनि रहेको छ । त्यसैकारण जब तपाइले लक्ष्मी पूजा गर्नुहुन्छ त्यसपछि यी चिजहरु देख्नुभयो भने शुभ सङ्गकेत रहेको छ । जसको कारणले तपाइको तिहार सगै घर नै शुभ हुने मान्यता रहेको छ । ती हुन् । विरालो , उल्लु , छेपारो र छुचुन्द्रो हुन् ।

सुरुवातमा छुचुन्द्राबाट , यदि यो घरमा आयो भने मार्नुहुन्न भन्ने धार्मिक विश्वास रहेको छ । यसलाई मारेमा घरबाट लक्षिन हट्ने समेत मान्यता रहेको छ । प्राय हरेकको घरमा दिनहुँ जसो छुचुन्द्रो देख्न सकिन्छ तर दिपावलीको दिन देखिनुले निकै शुभ संकेत दिने गर्छ । यस दिन दिपावली पश्चात छुचुन्द्रो देखिनुले घरमा लक्ष्मीको वास भईसक्यो र जीवनमा कहिलें आर्थिक संकट पर्नेछैन भन्ने कुरा बुझ्न सक्न्छि । त्यसैले यो निकै शुभ रहेको छ ।

त्यस्तै हिन्दू धर्म अनुसार उल्लूलाई धनकी देवी लक्ष्मीको वहन भनेर चिनिने गरिन्छ । उल्लूमा रहेका धेरै रहस्यहरु अहिले पनि कुनै मानवले पत्ता लगाउन सकेका छैनन । दिपावलीको रात उल्लू देखिनु निकै शुभ मानिने गर्छ । यस दिन दिपावली पश्चात घर वरिपरि उल्लू देखिएमा आफ्नो घरमा लक्ष्मीको वास भईसक्यो भन्ने संकेत रहने गछ । यो पनि अर्को शुभ सङ्गकेत नै हो ।

त्यसैगरी अरुबेला बाटो काटेमा बिरालेलाइ नराम्रो मानेपनि दिपावलीको रात आफ्नो घर वरिपरि बिरालो देख्नु भएमा निकै शुभ रहने कुरा हिन्दू धर्ममा उल्लेख गरिएको छ । यदि दिनहुँ जसो आफ्नो घरमा बस्ने बिरालो त्यस दिन भागेको छ भने सम्झनुस घरमा लक्ष्मीको वास हुन सकेन । जुन घरमा लक्ष्मीको वास हुँदा त्यस घरमा हर समय आर्थिक संकटले घेर्ने गर्छ । यसले यो दिन बिरालोको पनि महत्व रहेको छ ।

त्यसैगरी दिपावलीको दिन छेपारो देख्नुको छुट्टै महत्व रहने गर्छ । यस दिन छेपारो देख्नु निकै शुभ मानिने गर्छ ।यदि घरमा दिपावली गरेपश्चात छेपारो देख्नुभएमा सम्झनुस घरमा लक्ष्मी माताको वास भईसकेको छ र जीवनमा कुनै पनि समय आर्थिक संकटको सामना गर्नुपर्ने छैन तर दिपावली साझमा हुने भएकाले यो चाही कमै मात्रामा देख्न सकिन्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्