सुदूरपश्चिमका गाउँ–गाउँमा साना उद्योग खोल्छौँ : मन्त्री भट्ट

label सुदूरखबर संवाददाता query_builder November, 07 2018

डडेल्धुरा, कात्तिक २१ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले जनताको जीवन स्तर उकास्नको लागि औद्योगिक विकास आवश्यक रहेको बताएकी छन् ।

बुधबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले सरकारको जनतालाई रोजगारीसँग जोड्ने उद्धेश्य रहेको बताएकी हुन् । उनले सरकारले गाउँ–गाउँमा साना उद्योग खोल्ने बताइन् ।

ठूला मझौला उद्योगहरु स्थापन गर्ने तिर पनि सरकारले योजना बताइरहेको उनको भनाइ थियो । उनले कामसँग जनतालाई जोड्ने उद्धेश्यले गाउँमा भटमास, जुसलगायतका उद्योगहरु संचालन गर्ने बताइन् । सुदूरपश्चिम प्रदेशमा पर्यटनका धेरै नै सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले यहाँको पर्यटन विकासमा सरकार योजनाबद्ध ढंगले काम गरिरहेको बताइन् ।

अहिले छुट्याएको बजेटले धेरै काम नभएपनि सरकारलले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो । उनले सुरुमा यहाँका पर्यटकीय क्षेत्रको आन्तरिक रुपमा प्रचारप्रसार गर्नु पर्नेमा जोड दिइन् । यस क्षेत्रलाई सबैको आर्कषकको केन्द्रबिन्दु बनाउनको लागि पर्यटन मन्त्रालयबाट योजना बनाइरहेको उनले जानकारी समेत दिइन् ।

अहिले औद्योगिक विकास र पर्यटनको विकास गर्नु जरुरी रहेको उनको भनाइ थियो । यी दुई वटा कामले यस क्षेत्रका नागरिकलाई अग्रस्थानमा पु¥याउनको उनको दाबी छ । उनले यसका लागि संघिय सरकार, प्रदेश र स्थानीय सरकारले पूर्वाधार तयार गर्न तर्फ लाग्नु पर्ने औँल्याइन् ।

तपाईंको प्रतिक्रिया दिनुस्