अज्ञात समूहद्धारा छड प्रहार गरी हत्या

label सुदूरखबर संवाददाता query_builder November, 08 2018

हेटौंडा , कात्तिक २२ । हेटौंडा उपमहानगरपालिका–१२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ ।

गए राति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्