नेपाल सम्वत सबैको साझा सम्वत : मन्त्री पण्डित

label सुदूरखबर संवाददाता query_builder November, 08 2018

भक्तपुर, कात्तिक २२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबालु पण्डितले नेपाल सम्वत सबैको साझा सम्वत भएको बताएका छन् ।

नेपाल सम्वत ११३९ को अवसरमा आज भक्तपुरको शंखधर साख्वा चोकमा भएको कार्यक्रममा उनले नेपाल सम्वत कुनै एक जातजाति र भाषाभाषिको मात्र नभएको बताए । नेपाल सम्वतको सुरुवातको घटना सबैका लागि प्रेरणादायी भएको उनको भनाइ थियो । उनले राष्ट्रिय विभूति शंखधर साख्वाले ऋणमा बाँधिएका गरिब किसानलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गरेको चर्चा गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको बताए । उनले नेपाल सम्वत नेवार समुदायको मात्र नभई नेपालको मौलिक सम्वत भएको दाबी गरे । सो अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्