मुख्यमन्त्री भट्टद्धारा तिहारको शुभकामना

label सुदूरखबर संवाददाता query_builder November, 09 2018

धनगढी, कात्तिक २३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हिन्दूहरुको दोस्रो महान पर्व तिहारको अवसरमा आज भाइटीकाको दिन शुभकामना सन्देश जारी गरेका छन् ।

मुख्यमन्त्रीले जारी गरेको सन्देशमा नेपालीहरुको महान चाड दिपावली सामाजिक सद्भाव र सम्बन्ध,कर्तब्य, परायणता, ब्यक्ति तथा समाजको समृद्धिसंग जोडिएको यस पर्वले हाम्रो प्रदेशमा सुख, शान्ति, सामाजिक न्याय र सुशासनसहितको समग्र विकासलाई अगाडी बढाउनमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गरेका छन् ।

‘यस महत्वपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण प्रदेशबासी दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै यस दिपावली पर्वले हाम्रा भावना र बिचारहरुलाई अझ प्रकाशमय बनाइ प्रदेशको विकासका लागि प्रेरित गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गर्दै दिपावली पर्वले हामी सबैमा खुशी साटासाट गर्दै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पु¥याउन सकोस् भन्ने सुभेच्छा समेत प्रकट गर्दछु ।’ मुख्यमन्त्री भट्टले जारी गरेको सन्देशमा भनिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्