उपराष्ट्रपति पुनले लगाए बहिनीहरूसँग भाइटीका

label सुदूरखबर संवाददाता query_builder November, 09 2018

काठमाडौं, कात्तिक २३ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् । शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा उपराष्ट्रपति पुनले भाइटीका लगाएका हुन् ।

आफ्नो दुई दिदी गृहजिल्ला रोल्पामा रहेकोले उपराष्ट्रपति पुनले नजिकका बहिनीहरुसँग भाइटीका लगाएको उनका प्रेस सल्लाहकार मनोज घर्ती मगरले जानकारी दिए । उनलाई बहिनीहरू चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाईटीका लगाइदिएका हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्