पूर्व राजा ज्ञानेन्द्रले लगाए भाइटीका

label सुदूरखबर संवाददाता query_builder November, 09 2018

काठमाडौं, कात्तिक २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्य लक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । पूर्वराजा शाहले विहान ९ बजेर ५१ मिनेटमा बहिनी शोभाको हातबाट भाइटीका लगाएका हुन् ।

टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको साइतमा टीका लगाउने गरेका छन् । काठमाडौंको कमलादीस्थित बहिनीको निवासमा पुगेर पूर्वराजा शाहले बहिनी शोभाको हातबाट भाइटीका लगाएका हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्