राष्ट्रपति भण्डारीले लगाइदिइन् भाइ डेगेन्द्रलाई भाइटीका

label सुदूरखबर संवाददाता query_builder November, 09 2018

काठमाडौं, कात्तिक २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइसँग टीका ग्रहण गरेकी छिन् । शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिसँग आशीर्वाद लिए ।

तपाईंको प्रतिक्रिया दिनुस्