एकीकृत समाजवादी प्रदेशको अध्यक्षमा जनकराज जोशी चयन

Image
Nisarga Hospital

धनगढी: धनगढी,नेकपा(एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठनको सदूरपश्चिम प्रदेशको अध्यक्षमा जनकराज जोशी चयन भएका छन् । शनिबार धनगढीमा भएको प्रथम प्रदेश भेलाले जोशीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

CP Hospital Dhangadhi

जसको उपाध्यक्षमा रजनलाल धामी, महाँसचिवमा पुरुषोत्तम भट्ट, सचिवमा सुनिल रावल, जानकी जोशी, कोषाध्यक्षमा राम बहादुर थापा, सदस्यहरुमा सत्यराज थापा, सुवाष बडु, हरिप्रसाद जोशी, बाबुराम राना, सन्तोष बोहरा, रक्षा थापा, अम्मर बहादुर ऐर लगाएतका सर्वसम्मत निर्वाचित भएका छन् ।

Attariya Hospital

भेलाको उद्घाटन नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एब्म पार्टी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले गरेका थिए । संगठनका प्रदेश इन्चार्ज नृप जोशिको अध्यक्षता भएको भेलामा एकीकृत सरकारकारी कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष यमबहादुर खत्री, महाँसचिब प्रकाश राई, उपाध्यक्ष दिनेश लम्साल, पेशागत संगठनका प्रदेश अध्यक्ष कविन्द्र चन्द,केन्द्रीय उपाध्यक्ष जयदेव जोशी लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

nawajiwan

कैलाली अध्यक्ष जनक जोशीले स्वागत गरेको कार्यक्रको संचालन कञ्चनपुरका अध्यक्ष पुरुषोत्तम भट्टले गरेका थिए ।