
नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम बिहीबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ८५९ रुपैयाँ निर्धारण गरिएको छ।




























