कपिलवस्तुमा छिमेक लघुवित्त वित्तीय संस्थाको एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

कपिलवस्तु:जिल्लाको बाणगंगामा छिमेक लघुवित्त वित्तीय संस्थाको एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।छिमेक लघुवित्तले आयोजना गरेको बित्तिय साक्षरता कार्यक्रम बाणगंगाको वडा नं.०५ कोपवामा सम्पन्न गरिएको हो।

CP Hospital Dhangadhi

छिमेक लघुवित्त वित्तीय संस्था प्रादेशिक कार्यालय लुम्बिनीका अनुगमन अधिकृत टेकराज पन्थ,यसै वित्तीय संस्थाका फिनलिट प्रशिक्षक बुधराम महतो,बाणगंगा शाखाका शाखा प्रबन्धक अनिता ठकुरी र शाखा अन्य कर्मचारी सहित ७ इकाईका ३५ जना सदस्य तथा अभिभावक हरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको छ।

nawajiwan

कार्यक्रम बाणगंगा शाखाका शाखा प्रबन्धक अनिता ठकुरीले प्रारम्भ गरि शाखाको प्रगति विवरण सहितको प्रतिवेदन समेत सार्वजनिक गरेका थिए।कार्यक्रम उद्घाटनमा छिमेक लघुवित्त वित्तीय संस्था प्रादेशिक कार्यालय लुम्बिनीका अनुगमन अधिकृत टेकराज पन्थले छिमेक लघुवित्त र बित्तीय साक्षरता सम्बन्धि केही जानकारी गराए पश्चात् यसै वित्तीय संस्थाका फिनलिट प्रशिक्षक बुधराम महतोले कार्यक्रम अघि बढाएका हुन्।

Attariya Hospital

छिमेक लघुवित्त वित्तीय संस्थाको आफ्नै डिजिटल बसमा सदस्यहरु लाई डिजिटल प्रबिधि बाट वित्तीय साक्षरता सम्बन्धि जानकारी दिइएको हो।कार्यक्रममा सदस्यहरु लाई १०:०० बजे देखि ०३:०० बजे सम्म वित्तीय साक्षरता सम्बन्धि तालिम दिइएको थियो।आज को कार्यक्रमले सहभागी सदस्य तथा अभिभावकहरुमा  सकरात्क प्रभाव परेको र अवको दिनमा योजनावद्व तवरले अघि बढ्ने सहभागीहरुले बताएका छन्।

Advertize US