बझाङका १२ वटा स्थानीय तह मध्य ६ निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा !

Image
Nisarga Hospital

बझाङ: बझाङका १२ वटा स्थानीय तह मध्य ६ निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन्। यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा गुणस्तरमा समेत प्रभाव पर्न थालेको छ । यहाँ दुई नगरपालिका र १० वटा गाउँपालिका रहेका छन्।

CP Hospital Dhangadhi

साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिका, तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका निमित्तको भरमा सञ्चालन भइरहेका छन् ।

Attariya Hospital

भने जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, बित्थडचिर गाउँपालिका, केदारस्यु गाउँपालिका र थलारा गाउँपालिकामा मात्रै प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हाली रहेका छन् । यता खप्तडछान्ना गाउँपालिकामा भने अहिले उक्त पद रिक्त रहेको र भोली बैतडीबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइउने पत्र आइ सकेको सुचना अधिकारी ऐन बहादुर रोकाया जानकारी दिनुभयो । गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत हरि प्रशाद सुवेदीको मष्टा गाउँपालिकामा सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको हो ।

nawajiwan

मन्त्रालयको वितरण अनुसार बझाङ जस्तै देशभरका ७ सय ५३ स्थानीय तहमध्ये अझै पनि १९० वटा गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत खाली रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकामा निमित्तबाट काम भइरहेको बताउनुभयो । कतिपय पालिकामा सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने र आफूले रोजेको अधिकृत पाउनुपर्ने माग गर्दा पनि समस्या भएको उहाँको भनाइ छ ।