
बझाङः जयपृथ्बी नगरपालिकाले सडक पेटीमा सञ्चालन हुँदै आएका फुटपाथ व्यवसाय हटाउने अभियान चलाएको छ । सफा, सुरक्षित एवम् सडक व्यवस्थापनको उद्देश्यले सडकको आसपासमा सामानहरु राखेर ब्यापार गर्ने ब्यापारीहरुको सामानहरु पूर्णरुपमा विस्थापित गर्ने गरी नगरपालिकाको अभियान अघि बढेको हो ।

यसभन्दा अगाडि पटक पटक सडकको छेउछाउमा सामान राखेर ब्यापार नगर्न ब्यापारीहरु लाई जानकारी गराउदा पनि ब्यापारीहरुले अटेर गर्न थालेपछि आज नगर प्रहरी लगाएर सामानहरु हटाइएको जयपृथ्वी नगरपालिकाले जनाएको छ ।

बझाङको मुटु सदरमुकमा चैनपुर मा पेटी सडकमा व्यापार गर्दा दुर्घटनाको जोखिम र फोहोर बढ्रन थालेपछि जयपृथ्वी नगरपालिकाको निर्देशनमा नगर प्रहरीको टोलिले सडकमा राखेर ब्यापार गर्ने ब्यापारीहरुको तरकारी, फलफुल लगायतकासमाग्री हटाइएको नगर प्रमुख चेतराज बजालले बताउनुभयो । उक्त सामगी्रहरु गाडीमा हालेर नगरपालिकाको कार्यालयमा लगेको छ ।

पहिलो पटक सचेत गराउन यस्तो गरिएको बताउदै ब्यापारीहरुले आफ्नो सामान चिनेर अब उप्रान्त यस्तो कार्य गर्ने छैन भनेर कागज बनाएर सामान फिर्ता ल्याउन सक्ने समेत मेयर बजालको भनाइ छ । साथै बजार क्षेत्र भित्र सडक मिचि बनाएका घर टहरा समेत केहिदिन भित्र अमिन ल्याइ नापेर मापदण्ड बिपरीत बनाइएको भए भत्काइने समेत बताउनु भयो ।































