गोदावरी नगरपालिकामा पहिलो पटक उधोग दर्ता, मेयर भट्टले गरे सम्मान

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा पहिलो पटक घरेलु तथा साना उद्योग दर्ता भएको छ । गोदावरी -२ रिङरोड निवासी शिबिराम टमटाले आफ्नै घरमा हस्त निर्मित भाडाकुडा बनाउने परम्परागत र आधुनिक प्रबिधि सँग सुहाउने गरी गोदावरी नगरपालिका भित्र ५ लाख पुजी बाट उद्योग दर्ता गरेको जानकारी पालिकाका आर्थिक विकास शाखा प्रमुख लोक बहादुर खड्काले बताए ।

CP Hospital Dhangadhi

यस क्षेत्रमा बिगत देखि स-साना उद्योग संचालन भए पनि पछिल्लो समयमा आर्थिक ऐन बने पश्चात पालिकामा पहिले पटक शिविराम टमटाको ‘मसिहा तामा भाडा उद्योग’ दर्ता भएको छ ।

nawajiwan
Attariya Hospital

पालिकामा पहिलो पटक घरेलु तथा साना उद्योग दर्ता भए सँगै गोदावरी नगरपालिकाका नगर प्रमुखले यस क्षेत्रमा रहेका युवा पिढी तथा उद्ममी बन्न खोज्दै गरेकाहरुलाई प्रत्साहानका लागि नगर प्रमुख भट्टले बिभिन्न वडाका वडा अध्यक्षको उपस्थितिमा खादा ओढाएर दर्ता प्रमाण पत्र हस्तान्तरण सहित सम्मान गरेका छन ।

यस पालिका भित्र रहेका अधिकांश बेरोजगार युवापिढीलाई स्वोरोजगार बन्नका लागि पालिकाले के कस्ता क्रियाकलापमा सहयोग गर्न सकिन्छ, हामी गोदावरीवासीको साथमा रहेको जानकारी समेत नगर प्रमुख भट्टले बताए ।