गोदावरी-९ धनचौरीमा नदीजन्य सामग्री उठाउने विषयमा छलफल

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं ९ को धन्चौरीमा नदीजन्य सामग्री उठाउने विषयमा छलफल भएको छ ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका र गोदावरीको सिमानामा सामान्य विवादलाई जिल्ला समन्वय समितिको रहोबारमा आईतबार नापनक्सा गरी छलफलबाट समाधान गर्ने सहमती भएको छ । केही दिन देखि गोदावरीको सिमावर्ती क्षेत्रमा धनगढी उपमहानगरपालिकाको ढुंगा, गिट्टी वालुवा ढेक्का पाएका प्रतिनिधि गोदावरीको सिमा क्षेत्रमा आएको जानकारी आएसँगै गोदावरीका नगर प्रमुख सहितको टोली धन्चौरीमा पुगेको हो ।

nawajiwan


धन्चौरीमा पुगेसँगै स्थानीय एव् धनगढीका ढुंगा, गिट्टी वालुवा ढेक्का पाएका प्रतिनिधिसँग गोदावरीका नगर प्रमुख बिरेन्द्र भट्टले विगतमा खुटिया नदीको पूर्वतिर धनगढी उपमहानगरले र पश्चिमतिर गोदावरीले उठाउदै आएको अवस्थामा आज आएर दुबैपट्टी हाम्रो क्षेत्र हो भनि धनगढीले दाबि गरेसँगै विवाद सृजना नगरी जिल्ला समन्वय समितिसँग समन्वय गरी ट्रेस नक्सा सहित प्राविधिकको टोली खटाई सधैका लागि सिमा बिवादको समस्या सामाधान गर्न सबै लाग्न सुझाव दिए ।

Attariya Hospital

उपस्थित युवा जमातको टोलीलाई सम्जाउदै मेयर भट्टले भने, नाप नक्सामा जुन पालिकाको नाममा पर्छ उसैले आगामी दिनमा नदी जन्य पदार्थ उठाउने छ, केही दिन विवाद साम्य न हुन्जेल सम्मका लागि नदी जन्यपदार्थ उत्खनन बन्द हुनेछ ।’


यसै गरी गोदावरी नगर पालिका वडा न. ९ का वडा अध्यक्ष रामलाल चौधरीले भने, बिगतमा हामीले नदीको वारी पट्टी त्यो भाग सम्म (ठाउँ देखाउदै) नदी जन्य बस्तु उठाउथ्यौ, यसपाली धनगढीको टिमले माथी सम्म नै ल्याएको छ, हामी बिवादमा आउनुको सट्टा केही दिन उत्खनन बन्द गरी प्राबिधिकको टोली फिल्डमा ल्याई सधैका लागि सामाधान गरौं, धनगढी -१७ को र गोदावरी ९ को वडा अध्यक्ष बसेर छलफल गरी आपसमा मिलेर जाने जानकारी दिए ।