बझाङको बुङगल नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड,

Image
Nisarga Hospital

बझाङमा सञ्चालित १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आज सम्पन्न भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुङगल नगरपालिकाले हात पारेको छ । केदारस्यु गाउपालिकाको झोतामा सञ्चालित प्रतियोगितामा १३ स्वर्ण २ रजत गरी १५ पदक सहित बुङगल नगरपालिकाले शिल्ड जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

CP Hospital Dhangadhi

प्रतियोगितामा दोस्रो बनेको केदारस्यु गाउपालिकाले ६ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको छ । यस्तै तेस्रो भएको जयपृथ्बी नगरपालिकाले ४ स्वर्ण, ६ रजत र ४ कास्य जितेको छ । यस्तै खप्तड छान्ना गाउपालिकाले २ स्वर्ण ४ रजत,२ कास्य जितेको छ । थलारा गाउपालिकाले १ स्वर्ण ३ रजत , छबिसपाथीभेरा गाउपालिकाले १ स्वर्ण,२ रजत,८ कास्य, बित्थडचिर गाउपालिकाले १ स्वर्ण ,२ रजत, ३ कास्य जितेको छ । यस्तै दुर्गाथली गाउपालीकाले एक स्वर्ण,१ रजत,५ कास्य, सुर्मा गाउपालीकाले १ स्वर्ण,२ कास्य ,तल्कोट गाउपालीकाले २ रजत,मष्टा गाउपालीकाले १ रजत १ कास्य र साइपाल गाउपालीकाले १ रजत जितेको जिल्ला खेलकुद समितीका अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयो ।

Attariya Hospital

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उक्त पुरस्कार भोलि बितरण गरीने जनाइएको छ । यो भन्दा अगाढी १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जयपृथ्बी नगरपालिकाले जितेको थियो ।
आज एक औपचारीक कार्यक्रमका साथ १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको समापन कार्यक्रम गरीएको थियो । बझाङ जिल्ला खेलकुद समितीका अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी बुङगल नगरपालीकाका नगरप्रमुख जय बहादुर धामी रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथी केदारस्यु गाउपालिकाका अध्यक्ष गणेश बोहरा, रहनुभएको थियो । कार्यक्रममा १२ वटै स्थानीय तहका खेलकुद समतीका अध्यक्ष, अतिथी रहनुभएको थियो ।

nawajiwan