
अत्तरियाः बैतडीको सिगास गाउँपालिका वडा न. ५ ढुंगाडको श्री शारदा माध्यमिक विद्यालयमा बुवाको स्मृतीमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

बिगत ३० बर्ष देखि शिक्षण पेसा संगाल्दै आएका मिन बहादुर चन्दले आफ्नो अबकास भए सँगै आफ्ना स्व. आमा-बुवाको नाममा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन ।


अबकास प्राप्त शिक्षक चन्दले बिद्यालयलाई उक्त रकम बरावरको चेक बिद्यालयका प्राधानाध्यापक माधब अबस्थीलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष कोष स्थापना गरिएको बिद्यालयलका शिक्षक चक्र बहादुर साउदले जानकारी दिए ।
अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट विद्यालयका असाहय तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रावृद्धी उपलब्ध गराउने गरी कोषको स्थापना गरिएको चन्दले बताए ।
































