गाउँमा रोड पुगेपछि स्थानीयले जनप्रतिनिधी र कर्मचारीहरुलाइ फुलमालाद्वारा सम्मान

Image
Nisarga Hospital

बझाङः मस्टा गाउपालिकाको खेतकोट घचाया सडकको निर्माण कार्य सम्पन्न भएको छ । मस्टा गाउपालिकाको आर्थिक सहयोगमा सो सडक को निर्माण कार्य सम्पन्न भएको हो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुबास खड्काले एक वर्ष लगाएर खेतकोट देखि घचाया सम्मको सडक निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । उक्त सडक आर्थिक वर्ष २०७९ /०८० बाट मस्टा गाउपालिकाको ४० लाख बजेटमा निर्माण कार्य सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital


दुई किलोमिटर लम्बाइ रहेको खेतकोट घचाया सडकको फागुन १ गते एक कार्यक्रमका बिच उद्घाटन गरिएको थियो । उक्त सडक निर्माण भएपछि मस्टा गाउपालिकाको वडा नम्बर १, २ र पालिका भित्र छोटो दुरिमा यात्रा गर्न सजिलो हुने वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाले बताउनुभयो । खेतकोट देखि घचाया सम्मको सडक निर्माण कार्य सम्पन्न भएपछि खुसी हुदै स्थानीयहरुले जनप्रतिनिधी कर्मचारीहरुलाइ फुलमाला अबिर लगाएर सम्मान स्वागत गरेका थिए ।

खेतकोट घचाया सडक समितीका अध्यक्ष सुवास खड्काको अध्यक्षतामा सञ्चालन भएको सडक उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा रहनुभएको थियो भने विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष हर्क धामी रहनुभएको थियो । अतिथिमा वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकाया, वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जोशी, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सुवेदी रहनुभएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।