धनगढीको डिस्कभरी इङ्गिलस बोर्डिङ स्कुलको बार्षिकोत्सव सम्पन्न

Image
Nisarga Hospital

धनगढी ः धनगढीको डिस्कभरी इङ्गिलस बोर्डिङ स्कुलको बार्षिकोत्सव सम्पन्न भएको छ। बिद्यार्थीका बिभिन्न प्रतिभाहरु प्रदर्शनी सहित स्कुलको बार्षिकोत्सव सम्पन्न भएको हो। बिद्यार्थीहरुले आफै निर्माण गरेका बिभिन्न हस्तकलाको प्रदर्शनी सहित बार्षिकोत्सव मनाइएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

शिक्षाबिद शिवहरी मुडभरीको प्रमुख आतिथ्यतामा आयोजित डिस्कभरी इङ्गिलस बोर्डिङ स्कुलको १५ औँ बार्षिकोत्सवमा बिद्यार्थीहरुका बिभिन्न सास्कृती झल्किने नृत्यहरु राखिएको थियो। उशु, योगा लगायतका जनचेतनात्मक शन्देस दिने कला समेत बार्षिकोत्सवमा प्रस्तुत गरिएको थियो। बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बृख बहादुर सिहंको अध्यक्षतामा आयोजित बार्षिकोत्सव कार्यक्रममा सुदुरपश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्याय, धनगढी प्यावसनका अध्यक्ष नरेन्द्र सिहं लगायतको भब्य उपस्थिती थियो । बार्षिकोत्सवकै अवशरमा दृष्ठी फाउण्डेशनकी अध्यक्ष कल्पना भट्ट लगाएत बिभिन्न ब्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो। 

nawajiwan